Listen Live: 

डिभिजन वन कार्यालय चितवन वनमा लाग्ने डढेलो नियन्त्रणका लागि पूर्वतयारीमा

Radio Chitwan
शुक्रबार, चैत्र १०, २०७९

भरतपुर । डिभिजन वन कार्यालय चितवन वनमा लाग्ने डढेलो नियन्त्रणका लागि पूर्वतयारीमा छ । डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रकका सामग्री वितरणदेखि हरित स्वयम्सेवक परिचालनलगायतका काम गरिएको छ । वनभित्रका पुराना फायर लाइन सफा गर्ने र नयाँ बनाउने काम पनि भइरहेको डिभिजन वनले जनाएको छ ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार विगतको तुलनामा यसवर्षको अहिलेसम्म खासै डढेलो लागेको छैन । केही दिनअघि परेको पानीका कारणले पनि डढेलो तत्काल लाग्नबाट जोगिएको उनी बताउँछन् । यो वर्ष हालसम्म करिब १० हेक्टरमा डढेलो लागेको उनी बताउँछन् । गत वर्ष चैतको पहिलो सातामा करिब १०० हेक्टरभन्दा बढी वन क्षेत्रमा डढेलो लागेको उनको भनाइ छ ।

‘विगतका वर्षमा यतिबेला धेरै डढेलो लागिसकेको हुन्थ्यो, यसवर्ष हालसम्म करिब १० हेक्टरमा आगो लागेको छ । यसलाई छिटपुट घटना मान्न सकिन्छ’, खनालले भने, ‘यसवर्ष केही दिनअगाडि परेको पानीले राहत दिएको हो ।’ चितवनमा सामुदायिक वन ९३ वटा, राष्ट्रिय वन करिब ५७ हजार हेक्टर र बरण्डाभार क्षेत्र १० हजार ३०२ हेक्टर रहेको छ । डढेलोको जोखिमयुक्त स्थानमा रहने गरी २६ जना सशस्त्र वन रक्षक, १५ जना वन रक्षकसहित रेन्जर र अधिकृतसमेत खटाइएको उनले बताए ।

जिल्लाको ८ वटै सव–डिभिजनमा डढेलो नियन्त्रण सञ्जाल गठन गरेको खनालले जानकारी दिए । समुदायमा सचेतना फैलाउन प्रचारप्रसार गर्ने काम गरेको उनले बताए । त्यस्तै, १० जना हरित स्वयम्सेवक पनि परिचालन गरिएको छ । डढेलो नियन्त्रणकै लागि भनेर पाँच महिनाका लागि उनीहरुलाई हरित स्वयम्सेवकमा नियुक्त गरिएको हो ।

हरित स्वयम्सेवकले सुरूवाती चरणमा वनमा आगो लाग्न नदिन सचेतनामूलक प्रचारप्रसार गर्ने र आगो लागिहाले अग्रपंक्तिमा खटिने डिभिजन वनका प्रमुख लोकराज नेपालले बताए । ‘डढेलो नियन्त्रणका लागि हरित स्वयम्सेवक अग्रपंक्तिमा खटिन्छन् । उनीहरुले पुरानो फायर लाइन सफा गर्ने, नयाँ फायर लाइन बनाउने काम गर्छन्’, उनले बताए ।

उनका अनुसार भोजाडमा चार जना, खगेडी सव–डिभिजनमा चार जना र हरिपुर सव–डिभिजनमा दुई जना हरित स्वयम्सेवक छन् । वन डिभिजनले वननजिकका सेना, सशस्त्र प्रहरी, सव–डिभिजन र सामुदायिक वनलाई फायर फाइटिङका सामग्री पनि दिइसकेको उनले बताए । डढेलो नियन्त्रण गर्न वनसँग आठ हजार लिटर क्षमताको ट्याङ्की पनि रहेको छ ।

फायर फाइटिङका सामग्रीमा पातपतिङ्गर सोहोर्ने औजार र २० लिटर पानी बोक्ने झोला (जेट सुटर), आगो तत्कालै नटिप्ने खालको कपडालगायत रहेका छन् । ‘जेट सुटरले २५ मिटर टाढासम्मको आगो निभाउन सहयोग पुग्छ । तर, यसमा २० लिटरमात्रै पानी अट्ने भएकाले अल्लि प्रभावकारी नहुने हो कि भन्ने छ’, सूचना अधिकारी खनालले भने ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram