Listen Live: 

चितवनमा आगामी हप्ताबाट यातायात व्यवस्था सेवा कार्यालयले नयाँ कार्यालयबाट सेवा दिने तयारी

Radio Chitwan
शुक्रबार, चैत्र १०, २०७९

भरतपुर । चितवनमा आगामी हप्ताबाट यातायात व्यवस्था सेवा कार्यालयले नयाँ कार्यालयबाट सेवा दिने तयारी गरेको छ । हाल यस कार्यालय भरतपुर एयरपोर्टअगाडि रहेको छ । अब भने जिल्ला समन्वय समितिअगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ ।

चैतको १५ गतेअगावै सेवा सुरू गर्ने तयारी रहेको कार्यालय प्रमुख कालिप्रसाद भुजेलले बताए । लाइसेन्स ट्रायलका लागि अनलाइन आवेदन खोल्न यातायात व्यवस्था विभागमा अनुरोध भएको र अबको एक हप्तामा आवेदन खुलेर सेवा दिन थालिने उनले जानकारी दिए । ‘सेवा विस्तारका लागि नयाँ वर्ष पनि नकुर्ने कि भन्नेमा छौँ’, कार्यालय प्रमुख भुजेलले भने, ‘विभागले साथ दियो भने अर्को हप्ताबाट सेवा सुरू हुन्छ ।’

यो कार्यालयबाट सेवा सुरू भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुने उनले बताए । त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको उनले जनाए । ‘यातायात व्यवस्था विभागमा अनुरोध भई पठाएकोमा एक–दुई दिनमै फाइल सदर भई कामका लागि अनुमति आउने सूचना पाएको छु, त्यसैले अब काम ढिला हुन्न’, उनले भने ।

‘गेष्ट हाउस भवनमा सबै फाँट नपुगेपछि नयाँ संरचना पनि तयार पारेका छौँ, लिखित परीक्षा र बायोमेट्रिक कार्यालयमै हुन्छ, ट्रायलसम्बन्धी काममात्रै ट्रायल सेन्टरमा हुन्छ’, उनले भने । नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता मह¤वपूर्ण काम अब भरतपुरबाटै पाइने उनले बताए । एक हप्ता अनलाइन आवेदन लिएर अर्को हप्तामा ट्रायल दिने गरी काम गर्न लागिएको उनले बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले यातायात प्रदेशअन्तर्गतको कार्यालय रहेकाले सबै अधिकार त्यहीँ रहेको बताए ।

लामो समयको विवादपछि चितवनमा ट्रायल सेन्टरको जिम्मा भने महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ । ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ १ किमीभित्र तीनतले चोकमा रहेको छ । गत वर्षबाट नै सेवा दिने तयारी रहे पनि ट्रायल सेन्टर सञ्चालनको विषयमा भएको विवाद नटुङ्गिँदा समय धकेलिएको थियो ।

अब भने कुनै समस्या नभई सञ्चालनमा आउने कार्यालय प्रमुख भुजेलले बताए । ट्रायल सेन्टरमा ५ सय जनाको कोटा निर्धारण गरेर काम थालिने उनले बताए ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram