कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
वि.सं. २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) को एक कार्यक्रमका बीच विमोचन

चितवन। चितवन उद्योग संघले प्रत्येक वर्ष नियमित गर्दै आएको प्रकाशन कार्यक्रम अन्तर्गत वि.सं. २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) को एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा संघका उपाध्यक्ष एवम् सचिवालय विभागका संयोजक गजेन्द्र अधिकारीले प्रकाशन कार्यमा सहयोग पु¥याउने विज्ञापनदाता, प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल र कार्यक्रमका विशिष्ट व्यक्तित्व संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले संयुक्त रुपमा भित्तेपात्रो (क्यालेण्डर)को विमोचन गर्नुभएको थियो ।विमोचन कार्यक्रममा कार्यक्रमका विशिष्ट व्यक्तित्व संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले संघले प्रकाशन गर्दै आएको क्यालेण्डरको विगतका वर्षहरुको समेत स्मरण गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, संघका कार्यसमिति सदस्यहरु गोपाल प्रसाद गैरे, पुरुषोत्तम रिजाल, विशाल चापागाई, युवा उद्यमी मञ्चका सदस्य अश्विन गोले, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, लेखा अधिकृत सुरेन्द्र ठाकुर, प्रदर्शनी अधिकृत दिपक दुवाडी, पाठशाला अधिकृत कल्पना आचार्य, कार्यालय सहायक प्रेमकला भुजेल लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]