Listen Live: 

एक रुपैयाँ तिरेर वा निःशुल्क सदस्यता लिएकाहरुको सदस्यता खारेज भएपछि रास्वपाले एक हजार रुपैयाँ लिएर सदस्यता वितरण

Radio Chitwan
शुक्रबार, चैत्र १०, २०७९

चितवन, चैत १०–

राष्ट्रिय स्वतन्त्र पार्टीले सदस्यता शुल्क बापत एक हजार रुपैयाँ लिँदै आएको छ । यसअघि एक रुपैयाँ तिरेर वा निःशुल्क सदस्यता लिएकाहरुको सदस्यता खारेज भएपछि रास्वपाले एक हजार रुपैयाँ लिएर सदस्यता वितरण गरेको हो ।

रास्वपा चितवनका संयोजक कृष्णप्रसाद भुषालले पाँच वर्षको लागि एकमुष्ट एक हजार रुपैयाँ लिएर सदस्यता प्रदान गर्ने गरिएको दाबी गरे । सदस्य बनेपछि दिइएको रसिदमा भने पाँच वर्षको शुल्क भनेर उल्लेख गरिएको छैन । पार्टीको सदस्य बढाउन रास्वपाले गाउँ–गाउँमा सदस्यता विस्तार टोली परिचालन पनि गरेको छ ।

भुषालका अनुसार चितवनमा यसअघि एक लाख जनाले निःशुल्क सदस्यता लिएका थिए । उनीहरुको सदस्यता अयोग्य भएको छ । एक हजार रुपैयाँ तिरेर सदस्य बन्नेको संख्या करिब १५ सय रहेको उनी बताउँछन् ।

‘पाँच वर्षको लागि एकैचोटी एक हजार रुपैयाँ सदस्यता शुल्क लिइएको हो’, उनले भने, ‘रसिदमा पाँच वर्षको शुल्क भनेर उल्लेख गर्न छुटेको हुनसक्छ । उहाँहरुको परिचय पत्र आएपछि त्यसमा भने पाँच वर्षको शुल्क भुक्तानी गरेको उल्लेख भएरै आउँछ ।’

अनलाइन मार्फत शुल्क तिरेर पनि पार्टीको सदस्यता लिन सकिने उनले बताए । ‘निःशुल्क सदस्यता लिएको सदस्यता आधिकारीक नमान्ने निर्णय भएको हुँदा अब एक हजार तिरेर अनलाईन फारम भरेपछि मात्रै सदस्यता प्रमाणित हुन्छ’, उनले भने, ‘त्यसपछि उहाँहरुको परिचय पत्र पनि आउँछ ।’

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram