Listen Live: 

नेपाल कराते महासंघको केन्द्रीय महाधिवेशन चितवनको पटिहानीमा हुँदै

Radio Chitwan
शुक्रबार, चैत्र १०, २०७९

चितवन, चैत १०–

नेपाल कराते महासंघको केन्द्रीय महाधिवेशन चितवनको पटिहानीमा हुँदैछ । भोलि शनिबार पटिहानीस्थित कवर्डहलमा महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनको अहिले अन्तिम तयारी भइरहेको छ । ‘महाधिवेशनलाई भव्य रुपमा सफल बनाउन तयारी तिव्र पारेका छौं, महाधिवेशनलाई ऐतिहासिक बनाउने गरि तयारी गरिरहेका छौं–महाधिवेशन उद्घाटन समारोह समितिका संयोजक किशोर भट्टराईले भने । केहीदिन यता चितवनमै रहेर भट्टराई महाधिवेशनको तयारीमा जुटिरहेका छन् ।

महाधिवेशनको समुद्घाटन समारोह विहान १०ः३० बजेदेखि सुरु हुने महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा –माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महाधिवेशनलाई सफल र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नं।२२ ले पनि सहकार्य गरेको छ । वडा अध्यक्ष विष्णुराज महतोले भने–‘आफ्नै वडामा केन्द्रीय कार्यक्रम हुँदा यहाँको पर्यटन प्रवद्र्धनका साथै वडाको देशविदेशमा प्रचार हुन्छ, त्यसैले कार्यक्रमलाई भव्य रुपमा सफल, व्यवस्थित र उदाहरणीय बनाउन हामी पनि लागि परेका छौं ।’

पटिहानीमै महाधिवेशन गर्नका लागि वडा अध्यक्ष महतोले सहजीकरण गरेका थिए । दशक लामो विवाद र उतारचढावपछि नेपाली करातेले लय लिन लागेको छ । २०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवादले ठूलो रुप लियो । संयोगले १० वर्षपछि लामाले नै करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी पाएका छन् ।

गत माघ १२ गते राखेपले पूर्व सदस्यसचिव लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने म्यान्डेट दिएको थियो । त्यही अनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर शनिबार साधारणसभा तथा अधिवेशन हुन लागेको हो । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागि हुन लागेको संघका अध्यक्ष लामाले जानकारी दिए ।

कराते महासंघको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट ५–५ जनाका दरले ३५ जना तथा महासंघमा आवद्ध चार विधाहरु ९सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान० करातेबाट ५–५ का दरले २० गरी कुल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् । करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति रहनेछ । तीमध्ये हरेक प्रदेशबाट १–१ गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउनेछ । अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ७ जना सदस्यको चयन साधारणसभाले गर्नेछ । कार्यसमितिमा कम्तिमा २ जना महिला हुनुपर्छ ।

सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन ९डब्लूकेएफ०ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको यो । लामाका अनुसार राखेपमा सोतोकानका ९, गोजुरियोका ६, वादुरियोका ४ र सितोरियोका ३ संघ दर्ता छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram