Listen Live: 

इच्छाकामना गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनासम्ममा सबैभन्दा धेरै आम्दानी मनकामना केबुलकारबाट

Radio Chitwan
बिहिबार, चैत्र ९, २०७९

मुग्लिन । इच्छाकामना गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनासम्ममा सबैभन्दा धेरै आम्दानी मनकामना केबुलकारबाट गरेको छ । आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदै गर्दा सार्वजनिक गरिएको आम्दानी विवरणअनुसार पालिकाले ६६ लाख ३६ हजार ५६६ रूपैयाँ कुल आम्दानी गर्दा केबुलकारबाट मात्रै ४३ लाख ३४ हजार ७१९ रूपैयाँ आम्दानी गर्न सफल भएको देखिन्छ ।

‘अहिलेसम्म हरेक वर्ष पालिकाको सबैभन्दा ठूलो आम्दानीको स्रोत भनेकै मनकामना केबुलकार हो’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भने, ‘समग्रमा केबुलकारले गाउँपालिकाको आर्थिक स्रोत संकलनमा ठूलै भूमिका खेल्दै आएको छ ।’

दोस्रो नम्बरमा भने लामो झरनाको नामले परिचित जलविरे झरनाले आम्दानीको स्रोत बढाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार जलविरे झरनाले मात्रै यो आठ महिनामा १४ लाख ६५ हजार ४३० रूपैयाँ आम्दानी गर्न सफल भएको छ ।

जलविरे झरना इच्छाकामनाको पर्यटकीय गन्तव्यमध्ये पछिल्लो केही वर्षयता मह¤वपूर्ण गन्तव्यका रुपमा विकास हुँदै गएको स्थान हो । यहाँ धेरै म्युजिक भिडियोको दृश्यसमेत कैद भइसकेका छन् । झरनालाई सुरक्षित, व्यवस्थित तथा झरनाप्रति आकर्षण बढाउनका लागि पालिका मात्र नभई प्रदेश र केन्द्र सरकार पनि लागिपर्दै आएको छ ।

बजारबाट नजिक भएकोले पनि गर्मी मौसममा शीतलता प्राप्त गर्नका लागि झरना पुग्नेको संख्यामा उल्लेख्य वृद्धि हुने गर्दछ, जसले गर्दा समग्र गाउँपालिकाकै आर्थिक विकासमा टेवा पुर्‍याएको छ । ‘गर्मी मौसम सुरू भइसकेको हुँदा झरनामा नुहाउन आउनेको संख्या बढ्न थालेको छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘त्यसैले यहाँको मुख्य आम्दानीको मौसम पनि गर्मी मौसम नै हो ।’ अन्य समयमा पनि आकर्षक झरना हेर्नकै लागि आन्तरिक पर्यटक जलविरे पुग्छन् ।

तर, आम्दानीको स्रोत बढाउने प्रचुर सम्भावना भएर पनि चितवनकै पुरानो सदरमुकाम उपरदाङगढीबाट भने सोचेजस्तो आम्दानी गरेको देखिँदैन । गढीबाट आठ महिनामा जम्मा एक लाख ७४ हजार ९५० रूपैयाँमात्रै आम्दानी गर्न सफल भएको छ । गढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढे पनि गढी क्षेत्रलाई व्यवस्थित बनाउन नसक्दा आम्दानीको स्रोत गुम्दै गएको स्वयम् गाउँपालिकाले जनाएको छ । कुनै पालिकामा आम्दानीको मुख्य स्रोत मानिने नदीजन्य पदार्थबाट पनि इच्छाकामनाले सोचेजस्तो आम्दानी गरेको छैन । आठ महिनासम्मको तथ्याङ्क हेर्दा जम्मा दुई लाख ७७ हजार ४७८ रूपैयाँमात्रै आम्दानी गरेको देखिन्छ ।

पालिकाले जेसिबीबाट एक लाख ६७ हजार ६७०, होर्डिङ बोर्डबाट एक लाख आठ हजार ३१९ र एम्बुलेन्सबाट एक लाख आठ हजार रूपैयाँमात्रै आम्दानी गरेको छ । जिल्लाकै सर्वोच्च शिखरको रुपमा परिचित सिराइचुली पनि इच्छाकामनाको आम्दानी गर्ने सम्भावित क्षेत्र हो । तर, पालिकाले सिराइचुलीबाट आम्दानी गर्ने वातावरण सिर्जना गर्न सकेको छैन । भावी दिनमा त्यसलाई पनि पर्यटन प्रवद्र्धनका लागि मुख्य गन्तव्य बनाउने योजना भए पनि आवश्यक संरक्षण र विकास निर्माणको काम गर्न नसकेको पालिकाले जनाएको छ ।

इच्छाकामना मन्दिर पनि यसै पालिकाभित्र पर्ने मह¤वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । भोलिका दिनमा गाउँपालिकाले ऐतिहासिक मन्दिर इच्छाकामनाबाट पनि आम्दानीको स्रोत बढाउन सक्छ । तर, अहिले मन्दिरको पुनर्निर्माणको काम जारी रहेकोले आम्दानी गर्ने बाटो रोकिएको पालिकाले जनाएको छ ।

आन्य समाचारहरु:-
December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

December 4, 2023
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram