कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको रत्ननगरमा विगत २५ बर्ष देखि विवादित सडक निर्माण सुरु

रत्ननगर । चितवनको रत्ननगरमा विगत २५ बर्ष देखि विवादित सडक निर्माण सुरु गरिएको छ । सो नगरपालिका अन्तर्गत वडा नं १ मा जग्गा विवादका कारण निर्माण हुन नसकेको सडक २५ बर्ष पछि पुन निर्माण सुरु गरिएको हो ।
वडाध्यक्ष कुलप्रसाद सापकोटाको पहलमा विवाद समाधान गरी सडक निर्माण सुरु गरिएको हो । जग्गा विवादको अन्त्य गरी र्सिजना टोलमा ३०० मिटर सडक निर्माण सुरु गरिएको वडाध्यक्ष सापकोटाले बताए । जग्गा विवाद अन्त्य गर्न वडाध्यक्ष सापकोटाले ४ पटक अमिन ल्याएर जग्गा सिमाङ्कन गरेका छन् ।
विवाद मिलाएर ६ मिटर सडक कायम गरी निर्माण सुरु गरिएको छ । स्थानीय दीर्घाशर्मा तिमिल्सिना र लक्ष्मीकान्त आचार्य बीच सडकलाई उपलब्ध गराउने जग्गाको विषयमा विवाद र्सिजना भएको थियो । वडाध्यक्ष सापकोटाले चालु आर्थिक बर्षमा सडक निर्माण गरी उच्च स्तरीय ग्राबेल गर्ने योजना रहेको बताए ।
दुई तीन बर्षमा कालोपत्रे गर्ने गरी सडक निर्माण सुरु गरिएको भन्दै उनले सडक निर्माणपछि स्थानीयलाई सहज हुने बताए । सडक नहुँदा स्थानीयबासीलाई विरामी हुँदा एम्बुलेन्स समेत लैजान मुस्किल हुने गरेको थियो । सडक नभएका कारण मान्छे विरामी हुँदा बोकेर मुल सडक सम्म ल्याउनु पर्ने बाध्याता थियो वडाध्यक्ष सापकोटाले भने अब त्यो अबस्थाको भने अन्त्य हुने भएको छ । सडक निर्माण सुरु भएपछि स्थानीयबासी हर्षित भएका छन् ।
सडक निर्माण सुरु भएपछि स्थानीयबासीहरुले वडाध्यक्ष सापकोटालाई फुलमालाले स्वागत गरेका छन् । स्थानीय कुष्माखर उपाध्यायले बर्षौदेखिको समस्या अन्त्य गरी सडक निर्माण सुरु भएको भन्दै खुसी व्यक्त गरे । कसैले गर्न नसकेको काम अहिलेको वडाध्यक्षबाट भएको छ उनले भने यसले हामीलाई ठुलो राहत भएको छ । सो वडा कार्यालयले चालु आर्थिक बर्षमा विवादीत चारवटा सडक निर्माण सुरु गरेको छ ।
मर्दनीया टोलमा,आनन्दनगर टोलमा र निपनी टोलमा नयाँ सडक निर्माण गरिएको वडाध्यक्ष सापकोटाले बताए । विवाद रहेका ठाँउमा कसैलाई पनि मर्का नपर्ने गरी सडकको ट्याक निर्माण गरिएको उनको भनाई छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]