चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
चोरी भएका र हराएका मोवाइल फोन सम्बन्धित धनीलाई हस्तान्तरण
रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगरले चोरी भएका र हराएका मोवाइल फोन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ११ जनालाई मोबाइल फोन हस्तान्तरण गरिएको हो ।
मोवाइल चोरी तथा हराएपछि सम्बन्ति व्यक्तिले दिएको निवेदनको आधारमा प्रहरीले खोजी गर्दा भेटिएका मोबाइल फोन हस्तान्तरण गरिएको हो । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी अनिलकुमार खड्का र प्रहरी निरीक्षक दीपेन्द्र अधिकारीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए ।
भेटिएका १९ वटा मोबाइल मध्ये ११ वटा हस्तान्तरण गरिएको र ८ वटा मोवाइल अनुसन्धानमै रहेको डिएसपी खड्काले जानकारी दिए । मोबाइलको आइएमइआइ नम्बरको आधारमा ट्याक गरी चोरी तथा हराएका मोवाइल फेला पारिएको उनको भनाई छ । रत्ननगरबाट हराएका र चोरी भएका अधिकाँस मोबाइल बाहिरी जिल्लामा फेला परेको डिएसपी खड्काले बताए । रत्ननगर १२ शालधारीका अस्मिल मल्लको हराएको ५ महिनापछि आइफोन हात परेको छ ।
उनको गत कार्तिक महिनामा सोही वडाको चिसापानीचोकमा मोबाइल हराएको थियो । मोबाइल हराएको केही दिनपछि उनले प्रहरीमा खोजीकार्यका लागि निबेदन दिएका थिए । १ लाख ८० हजार मुल्य पर्ने आइफोन हात परेपछि मल्लले खुसी व्यक्त गरे । प्रहरीले मल्लको फोन काठमाडौंमा व्यक्तिले प्रयोग गरिरहेको अबस्थामा बरामर गरेको हो ।
राष्टिय प्रजातन्त्र पार्टीका रत्ननगर नगर अध्यक्ष गोविन्द अधिकारीले पनि हराएको मोबाइल पाएका छन् । निपनीमा हराएको उनको मोवाइल प्रहरीले कपिलबस्तुमा फेला पारेको हो । इलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यरत प्रहरी जवान विकाशकुमार शाहको समेत हराएको मोवाइल फेला परेको छ ।
डियुटिका क्रममा रत्ननगरबाट हराएको उनको मोवाइल सर्लाहीको लालबन्दीमा फेला परेको हो । विहीबार प्रहरीले मल्ल, अधिकारी र शाह सहित सुनिलकुमार शाह, लेखनाथ पौडेल, कमल घिमिरे, केशब सुवेदी, सुमन पौडेल, सोनु महतो, सुनिता तामाङ, प्रियङ्का महतोलाई मोबाइल हस्तान्तरण गरेको हो ।
मोबाइल हस्तान्तरणसंगै प्रहरीले मोबाइल फोन सुरक्षाका विषयमा समेत नागरिकलाई प्रशिक्षण दिएको छ । प्रहरीले हराएको र चोरी भएको मोबाइल सजिलै फेला पार्न गर्नुपर्ने कामको विषयमा जानकारी गराएका प्रहरी निरीक्षक अधिकारीले बताए ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]