Listen Live: 

साझा टोलस्थित पतञ्जली मार्गमा रहेको दुर्गादेवी मन्दिरमा ज्येष्ठ नागरिक भवन निर्माणका लागि सहयोग प्राप्त

Radio Chitwan
बिहिबार, चैत्र ९, २०७९

चितवन, चैत ९–

चितवनको भरतपुरमा महानगरपालिका–९ को साझा टोलस्थित पतञ्जली मार्गमा रहेको दुर्गादेवी मन्दिरमा ज्येष्ठ नागरिक भवन निर्माणका लागि सहयोग प्राप्त भएको छ ।

भरतपुर–१० स्याउलीबजार निवासी भुवन आचार्य र प्रभा आचार्य दम्पतीले आफ्नो स्वर्गीय छोरा रञ्जन आचार्यको स्मृतिमा बिहीबार ज्येष्ठ नागरिक भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।

आचार्य दम्पतीले भवन निर्माणका लागि पाँच लाख एक हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । २०५२ फागुन २३ मा जन्मिएका रञ्जनको विसं २०७८ साउन २३ मा दैवी प्रकोपका कारण मृत्यु भएको थियो ।

आफ्नो छोरा कलेज पढ्दै गरेको अवस्थामा कलिलो उमेरमै ज्यान गुमाउनु परेकाले ज्येष्ठ नागरिकको सम्मान र सहजताका लागि ज्येष्ठ नागरिक भवन निर्माणमा सहयोग गरेको बुबा भुवन आचार्यले बताए । भवन निर्माणका लागि आर्थिक सहयोग गरेका आचार्य दम्पतीले बिहीबार भवनको शिलान्याससमेत गरेका छन् । भवन निर्माणका लागि बागमती प्रदेशको सार्वजनिक निर्माण कार्यान्वयन इकाईले २५ लाख रुपैयाँ विनियोजन समेत गरेको थियो ।

पहिलो चरणमा भवनको डीपीसीसम्मको काम गर्न इकाईले बजेट दिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रमाकान्त कँडेलले बताए । ज्येष्ठ नागरिक भवन निर्माण सम्पन्न गर्न करिब एक करोड ५७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । भवनको बाँकी काम दाताहरुसँग आर्थिक सहयोग लिएर गरिने उनको भनाइ छ ।

एक हजार ८०० वर्गफिट क्षेत्रफलमा फैलिने ज्येष्ठ नागरिक भवनको दुई तला ढलान तथा तेस्रो तलामा ट्रस राखिने निर्माण समिति संयोजक उमानन्द कँडेलले बताए । भवनको भुइँ तलामा सभाहल, दोस्रो तलामा मन्दिर, टोल विकास संस्थालगायतका कार्यालय रहने भन्दै कँडेलले ट्रस राखेर निर्माण गरिएको माथिल्लो तलामा ज्येष्ठ नागरिक बस्ने कोठा बन्ने जानकारी दिए । पहिलो चरणको काम आगामी वैशाख ३० गतेसम्म सक्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष उमानन्द कँडेलले बताए ।

आन्य समाचारहरु:-
May 18, 2024
सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे

चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ । राप्रपा नगर कमिटी रत्ननगरले आयोजना […]

May 18, 2024
जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय […]

May 17, 2024
संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण

मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक […]

May 17, 2024
राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram