चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
भरतपुर महानगरपालिकाले महानगर भित्र सन्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान सस्थाहरुको गरे अनुगमन

चितवन। भरतपुर महानगरपालिकाले महानगर भित्र सन्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान सस्थाहरुको अनुगमन गरेको छ । महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलिले सन्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान सस्थाहरुको स्थलगत अनुगमन गरेको हो ।
भरतपुर ८ मा रहेको एस ओ एस बालग्राम नेपाल, भरतपुर १२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर १५ फुलवारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान सस्था नेपालको स्थलगत अनुगमन गरिएको उप प्रमुख अधिकारीले बताउनु भयो । अनुगमन पश्वात संचारकर्मीहरुलाइ प्रतिक्रिया दिदै उपप्रमुख एवं बालगृह अनुगमन समितिका सयोजक चित्रसेन अधिकारीले बालगृह सन्चालकहरुलाइ मापदण्ड पुर्याएर मात्रै बालगृह सन्चालन गर्न निर्देशन दिइएको प्रष्ट पार्नु भयो । कुनै पनि बालगृह बिना मापदण्ड सन्चालन गरेको पाइएमा महानगर कारबाही गर्न पछाडि पर्दैन उप प्रमुखले भन्नू भयो, समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्द्छु ।
हामी कुनै पनि समयमा तपाईहरुको सस्थामा अनुगमन गर्न आउन सक्छौ उहाँले भन्नू भयो, त्यतिबेला मापदण्डअनुसार सन्चालन गरेको नपाइए कडा कारबाही हुन्छ । आज हामीले एस ओ एस बालग्राम नेपाल, मुक्ति बालगृह तथा ज्योति बालगृह र सामाजिक तथा वातावरणीय अनुसन्धान सस्था नेपालको स्थलगत अनुगमन गर्यौ र यी तिनै सस्थाहरु महानगरको मापदण्डअनुसार सन्चालन भएको पनि पाइयो उहाँले भन्नू भयो, अब हामी यी तिनै वटा सस्थाहरुलाई सन्चालनको अनुमती प्रदान गर्छौ ।
बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परिक्षण लगाएतका थुप्रै मापदण्डहरु पूरा गरेको हुनुपर्छ ।नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको पाइन्छ । हाल नेपालमा ४० जिल्लामा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सन्चालनमा रहेका सबै बालगृहहरुमा निरन्तर अनुगमनको खाचो रहेको प्रष्ट पार्नु भयो । हामीले बालगृहहरुको निरन्तर अनुगमन गरिरहेका छौ अधिकृत रानाले भन्नू भयो, छड्के अनुगमन गर्दा कमिकमजोरी पाइएमा कामकारबाही हुन्छ ।
स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले महानगर भित्र हाल २३ वटा बालगृहहरु सन्चालनमा रहेको बताउनु भयो । पौडेलका अनुसार २३ वटा बालगृहमा सरक्षित बालबालिकाको सख्या ६ सय ७८ रहेको छ । जस मध्ये बालक २ सय ९६ जना अर्थात ४३ दशमलव ६६ प्रतिशत र बालिका ३ सय ४२ जना अर्थात ५६ दशमलव ३४ प्रतिशत रहेको छ । उहाँले बालगृह सन्चालन गर्न कम्तीमा पनि २० जना पुग्नु पर्ने प्राबधान रहेको समेत प्रष्ट पार्नु भयो ।
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा काठमाडौ र भरतपुरमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन । परिषद्का सदस्य सचिब इन्द्रा देवि ढकालका अनुसार चितवनका बालगृहहरु उत्कृष्ट श्रेणी मा पर्ने गरेका छन । चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको बताउदै उहाँले सघिय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहहरुको अनुगमन तथा रेखदेख गरिरहेको बताउनु भयो ।
यस अघि गत असार महिनामा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहहरुको अनुगमन तथा निरीक्षण गरेको थियो । स्थानीय तहले स्थानीय स्तरमा बालगृह सन्चालन गर्न सिफारिस गरे पछि मात्रै राष्ट्रिय बालअधिकार परिषद्ले अनुमति दिने कार्यब्यबस्था रहेको छ ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]