Listen Live: 

विश्व खानेपानी दिवसको अवसरमा बुधबार खानेपानीको मुहान सरसफाइ

Radio Chitwan
बिहिबार, चैत्र ९, २०७९

रत्ननगर । विश्व खानेपानी दिवसको अवसरमा बुधबार खानेपानीको मुहान सरसफाइ गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सेवा क्षेत्रभित्र रहेको लौरीघोल मुहानको सरसफाइ गरेको हो । खानेपानीको मुहान सरसफाइ तथा पानी सुरक्षाको विषयमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा मुहान सरसफाइसँगै विद्युत् महसुलमा ५० प्रतिशत छूटको माग गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ चितवनको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रम खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका प्रमुख सन्तोषकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले मुहानमा फालेका मदिराका बोतल, प्लास्टिकजन्य सामग्री र झाडी संकलन गरी नष्ट गरेको कोषाध्यक्ष तथा खानेपानी सुरक्षा समिति संयोजक सरस्वती लामाले जानकारी दिइन् । सो अवसरमा कार्यक्रमका प्रमुखअतिथिसमेत रहेका डिभिजन प्रमुख श्रेष्ठले खानेपानीको मुहान संरक्षण आवश्यक रहेको भन्दै तारबार, नियमित सरसफाइ गर्नुपर्नेमा जोड दिए । खानेपानीको स्रोत संरक्षण गर्न नसके कालान्तरमा पानीको अभाव सिर्जना हुने उनको भनाइ छ ।

रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्यालले खोला र नदीको स्रोत नभएका कारण मुहान संरक्षण र मुहानलाई जलाशययुक्त बनाउनुपर्ने बताए । उनले सरकारसँग बजेट माग गरी खानेपानीको मुहान संरक्षण र जलाशययुक्त बनाउने बताए । उनले रत्ननगर खानेपानीको आम्दानीको अधिकांश हिस्सा बिजुलीको महसुलमा खर्च हुने गरेको बताए ।

उनले कृषिलाई जस्तै खानेपानीलाई पनि विद्युत् महसुलमा ५० प्रतिशत छूट दिन प्रदेश सरकारसँग माग गरे । विद्युत् महसुलमा सरकारले छूट दिए त्यसबाट बचत हुने रकम उपभोक्ताको हित र मुहान संरक्षणमा खर्च गर्ने अध्यक्ष अर्यालको भनाइ छ ।

सो संस्थामा विद्युत् महसुलमात्रै वार्षिक ५५ लाख रूपैयाँ खर्च हुँदै आएको छ । सो संस्थाको तीन ठाउँमा ७ वटा मुहान छन् ।

कार्यक्रममा वडा नं–१४ का वडाध्यक्ष होमनाथ रानाभाटले लौरीघोल ऐतिहासिकस्थल रहेको भन्दै खानेपानीको मुहान संरक्षण गर्दा मह¤वपूर्ण क्षेत्र जोगिने बताए । ‘लौरीघोल मह¤वपूर्ण क्षेत्र हो’, उनले भने, ‘सिमसार क्षेत्र भएका कारण यहाँ ठाउँ–ठाउँमा पानीको मुहान छ ।’ उनले ऐतिहासिक मह¤व बोकेको लौरीघोल संरक्षणका लागि सरकारी प्रयास हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।

कार्यक्रममा डिभिजन कार्यालयअन्तर्गत चितवन साइड प्रमुख हरिराम पौडेल, जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ चितवनका अध्यक्ष धनबहादुर गुरूङलगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रताप डल्लाकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०५८ सालमा स्थापना भएको सो संस्थाको १२ हजार ७०० उपभोक्ता रहेका छन् । दैनिक ७८ लाख लिटर पानी वितरण गर्दै आएको सो संस्थाले वार्षिक एक करोड बढीमा मुनाफासमेत गर्दै आएको छ । अघिल्लो आर्थिक वर्षमा ५ करोड आम्दानी गरेको सो संस्थाले खर्च कटाएर १ करोड २० लाख मुनाफा आर्जन गरेको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।

सो संस्थामा पानी संकलनका लागि ४५० घनमिटरका ३ वटा ओभरहेड र एउटा ५०० घनमिटरको ग्राउन्ड लेभल ट्याङ्की रहेका छन् । पानी निकासीका लागि ७ वटा डिप बोरिङ सञ्चालनमा रहेका छन् ।

आन्य समाचारहरु:-
August 13, 2024
उद्यमशिल महिला समुहले मनायो स्थापना दिवस

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित नगर स्तरीय उद्यमशिल महिला समुहले मंगलबार सातौं स्थापना दिवस मनाएको छ । २०६७ सालमा स्थापना भएको सो समुहले महिलाहरुलाई उद्यमी बनाउन गरेको कामको समीक्षा […]

August 5, 2024
कक्षा १२ मा स्काइराइडरका दुई छात्र राष्ट्रियस्तरमा सर्वोत्कृष्ट

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरस्थित स्काइराइडर आवासीय माविका दुई जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार सो […]

July 30, 2024
कालिका- ८ का किशोरी र गर्भवती महिलालाई पोषण, प्रजनन र स्वास्थ्य सम्बन्धी सचेतना

कालिका, बैशाख २२ । चितवनको कालिका नगरपालिकाले विद्यालय बाहिर रहेका किशोरी र गर्भवती महिलाहरूलाई पोषण,  प्रजनन र  स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेको छ । कालिका नगरपालिकाको आयोजनामा कालिका वडा नं. ८ […]

July 17, 2024
रत्ननगर ६ मा रहेकाे बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।  रत्ननगर नगरपालिका भित्रका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram