Listen Live: 

‘महापुरुष’ जस्तै ‘प्रेमा’ लाई पनि साथ दिनु हुनेछ भन्ने अरुण क्षेत्रीको विश्वाश

Radio Chitwan
बिहिबार, चैत्र ९, २०७९

‘महापुरुष’ जस्तै ‘प्रेमा’ लाई पनि साथ दिनु हुनेछ :अरुण क्षेत्री प्रदर्शन भएको फिल्म महापुरुष बाट राम्रो प्रसंशा बटुलेका अभिनेता हुन अरुण क्षेत्री । प्रदिप भट्टराई निर्देशित फिल्म बक्स अफिसमा सफलता हासिल गरेपछी अरुणको चर्चा झन हुन थाल्यो । फिल्ममा उनी एक असल छोराको भूमिका प्रस्तुत भएका थिए । रिलिज भएको पहिलो फिल्मबाट नै अरुण सबैको नजरमा परे । यतिबेला यिनै अरुणको आउदो चैत्र १७ गते बाट आफ्नो नयाँ फिल्म प्रेमा लिएर दर्शकलाई भेट्न् आएका छन । यसपाली उनी असल छोरा होईन,असल प्रेमी भएर पर्दामा देखिन लागेका छन । फिल्मलाई लिएर उनी निकै उत्साहित पनि देखिएका छन । सुटिङको हिसाबले अरुणको यो दोस्रो फिल्म हो । ‘आइ एम २१’पहिलो भएपनी महापुरुष रिलिजको हिसाबले पहिलो फिल्म बन्यो । 'प्रेमा' एउटा माया गर्ने नगर्ने सबैको लागि उतिकै महत्वपूर्ण फिल्म रहेकोले फिल्मले दर्शकलाई चित्त बुझाउने बताउछन । उनी भन्छन "हामीले लभ लाई धेरै विश्वाश गर्छौँ, सानो कुराले हाम्रो लभलाई कसरी टिकाएको हुन्छौँ भन्ने कुरा फिल्मले देखाएको छ ।" निर्देशक गोविन्द सिंह भण्डारीको कामलाई पनि अरुणले निकै तारिफ गरेका छन । कलाकारलाई कसरी काम गराउने, मोड नचलेको बेला पनि कसरी काम निकाल्ने खुबीले गर्दा पनि आफुलाई निकै सजिलो भएको कुरा ब्यक्त गर्छन् । फिल्ममा शुभेक्क्षा खड्क र सृष्टि श्रेष्ठ ले दिएको साथ र काम गर्दा आफुलाई निकै सहज महसुस अरुणको रहेको छ । जसरी महापुरुष लाई दर्शकले माया गरिदिएका थिए त्यसरी नै 'प्रेमा'लाई पनि दर्शकले माया गरिदिने विश्वाश उनमा छ ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram