कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
हटाए लोथरखोला आसपास क्षेत्रमा अतिक्रमण गरि बनाईएका घरटहरा हटाए

चितवन, चैत ८–
चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–६, लोथरखोला आसपास क्षेत्रमा अतिक्रमण गरि बनाईएका घरटहरा हटाएको छ ।
निकुञ्जले सरोकारवाला निकायसंग समन्वय गरि पटक–पटक घरटहरा हटाउन आग्रह गर्दा पनि अटेरी गरेपछि मंगलबार निकुञ्ज र खड्गदल गण तथा सिद्धी बक्स गणको संयुक्त टोलीले अतिक्रमण गरि निर्माण गरिरहेको ९ वटा घर हटाईएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
गत पुस ४ गतेदेखि नै घर टहरा निर्माण गरि निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित सार्वजनिक जग्गा अतिक्रमणको प्रयास भएको थियो । अतिक्रमित क्षेत्रलाई पटक पटक खाली गराउन सरोकारवालासंग समन्वय गरी सुझाई बुझाई गर्दा पनि अतिक्रमित क्षेत्रबाट घरटहरा हटाउन नमानेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन अतिक्रमण रणनीति २०६८ बमोजिम ९ वटा घरटहरा हटाइएको निकुञ्जले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]