Listen Live: 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीलाई एक बोरा प्याड गराए उपलब्ध

Radio Chitwan
बुधबार, चैत्र ८, २०७९

चितवन, चैत ८(

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीलाई एक बोरा प्याड उपलब्ध गराएको छ ।
आज अनेरास्ववियुका विद्यार्थी नेता प्रदिप पराजुलीले उक्त सामग्री क्याम्पस प्रमुख राम तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

क्याम्पसमा अध्ययनरत छात्राहरुको माग र आवश्यकतालाई महसुस गर्दै अनेरास्ववियुले प्याड उपलब्ध गराएको विद्यार्थी नेता पराजुलीले जानकारी दिए । क्याम्पसको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीसँग अनेरास्ववियु क्याम्पस कमिटीले छलफल र सुझाव संकलन कार्यक्रम गरेको थियो । उक्त छलफल कार्यक्रममा प्याडको समेत कुरा आएपछि कमिटीले नेतृत्वसँग कुरा राखिएको केही दिनमा नै सामग्री उपलब्ध भएको क्याम्पस कमिटी उपाध्यक्ष शिव गौतमले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख तिवारीले धन्यवाद व्यक्त गर्दै अनेरास्ववियुले विद्यार्थीहरुलाई सक्रिय, जागरुक र रचनात्मक हुन सिकाएकोमा खुसी व्यक्त गरे । उनले क्याम्पसको हरेक गतिविधिमा विद्यार्थीको भूमिका तथा सहभागिता महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा अनेरास्ववियु महानगर कमिटीका नेता प्रदिप पराजुली, अमृत अधिकारी, क्याम्पस कमिटीका नेता शिब गौतम, रविन थिङ, गोपी परियार, सिमा महतो, करुणा बयलकोटी, मनोज भुजेल, हर्क भुलुन भवेश्वर सुवेदी, सुनिता वाग्ले घिमिरेलगायत शिक्षक कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram