Listen Live: 

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच थान ह्विल चेयर वितरण

Radio Chitwan
बुधबार, चैत्र ८, २०७९

चितवन, चैत ८(

रोटरी क्लब अफ नारायणगढले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच थान ह्विल चेयर वितरण गरेको छ ।

क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले उक्त ह्विल चेयरहरू क्यान्सर सेवा समाजका संयोजक चिजकुमार मास्केको उपस्थितिमा अस्पतालका निर्देशक डा। देजकुमार गौतमलाई हस्तान्तरण गरेको हो ।

सेवालाई स्वार्थभन्दा माथि राख्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको रोटरी क्लब अफ नारायणगढले प्रदान गरेको उक्त सहयोगको लागि क्यान्सर सेवा समाजका संयोजक चिजकुमार मास्केले धन्यवाद दिएका छन् । त्यसैगरी अस्पतालका निर्देशक डा। गौतमले नारायणगढ रोटरी क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त ह्विल चेयरले अस्पतालका बिरामीहरूलाई उपचारको क्रममा यताउती हिँडडुल गर्न सजिलो पर्ने बताए ।
नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले दीनदुःखीहरू र अप्ठ्यारोमा परेकाहरूलाई क्लबले स्थापनाकालदेखि नै धेरै ठाउँमा सहयोग गर्दै आएको जानकारी गराउँदै आगामी दिनहरूमा पनि आवश्यकता हेरी क्लबले अस्पतालका र त्यहाँ उपचारार्थ भर्ना भएका बिरामीहरूका लागि सहयोग गर्ने बताए । उक्त पाँच थान ह्विलचेयरहरू आप्mनो स्वर्गीय पिताजीनारायणबहादुर प्रधानको स्मृतिमा उनले सौजन्य गरेका हुन् ।

कार्यक्रममा क्यान्सर सेवा समाजका अन्य पदाधिकारीहरूका साथै सबैकी आँखाकी नानी छायाँ श्रेष्ठ, नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, रमेश पौडेल, सुसनलाल प्रधानलगायत सदस्यहरू देवमाया श्रेष्ठ, ज्ञानुमाया श्रेष्ठ र अजिता पियाको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram