Listen Live: 

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच थान ह्विल चेयर वितरण

Radio Chitwan
बुधबार, चैत्र ८, २०७९

चितवन, चैत ८(

रोटरी क्लब अफ नारायणगढले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच थान ह्विल चेयर वितरण गरेको छ ।

क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले उक्त ह्विल चेयरहरू क्यान्सर सेवा समाजका संयोजक चिजकुमार मास्केको उपस्थितिमा अस्पतालका निर्देशक डा। देजकुमार गौतमलाई हस्तान्तरण गरेको हो ।

सेवालाई स्वार्थभन्दा माथि राख्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको रोटरी क्लब अफ नारायणगढले प्रदान गरेको उक्त सहयोगको लागि क्यान्सर सेवा समाजका संयोजक चिजकुमार मास्केले धन्यवाद दिएका छन् । त्यसैगरी अस्पतालका निर्देशक डा। गौतमले नारायणगढ रोटरी क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त ह्विल चेयरले अस्पतालका बिरामीहरूलाई उपचारको क्रममा यताउती हिँडडुल गर्न सजिलो पर्ने बताए ।
नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले दीनदुःखीहरू र अप्ठ्यारोमा परेकाहरूलाई क्लबले स्थापनाकालदेखि नै धेरै ठाउँमा सहयोग गर्दै आएको जानकारी गराउँदै आगामी दिनहरूमा पनि आवश्यकता हेरी क्लबले अस्पतालका र त्यहाँ उपचारार्थ भर्ना भएका बिरामीहरूका लागि सहयोग गर्ने बताए । उक्त पाँच थान ह्विलचेयरहरू आप्mनो स्वर्गीय पिताजीनारायणबहादुर प्रधानको स्मृतिमा उनले सौजन्य गरेका हुन् ।

कार्यक्रममा क्यान्सर सेवा समाजका अन्य पदाधिकारीहरूका साथै सबैकी आँखाकी नानी छायाँ श्रेष्ठ, नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, रमेश पौडेल, सुसनलाल प्रधानलगायत सदस्यहरू देवमाया श्रेष्ठ, ज्ञानुमाया श्रेष्ठ र अजिता पियाको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram