Listen Live: 

भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरे

Radio Chitwan
बुधबार, चैत्र ८, २०७९

चितवन, चैत ८–

भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको मात्रै फैसला भएको हो ।

भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये एउटा मुद्दा जिल्ला अदालत चितवन गएको छ । अन्य दुईवटा क्षेत्राधिकारभन्दा बाहिर भएकाले अदालत पठाइएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका मुद्दा महानगरपालिकाको न्यायिक इजलासमा आउने गरेका छन् ।

जसअन्तर्गत साँध सिमाना, बालीनाली क्षति, बाटो निकास, मानाचामल र घरबहालसम्बन्धी मुद्दा यस इजलासले हेर्ने गर्दछ । सापकोटाका अनुसार मेलमिलापका लागि २२ वटा ठाडो उजुरी दर्ता भएका छन् । जसमध्ये १४ वटा मुद्दा उजुरीको मेलमिलाप भइसकेको छ भने आठवटा छलफलका क्रममा छन् । महानगरमा आउने मुद्दा र उजुरीमा अधिकांश साँध–सिमानाका हुने गरेको उनले बताए ।

भरतपुर महानगरको न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले आफ्नो पालिकाभित्र दुवै पक्षको हित हुने गरी फैसला हुने गरेको दाबी गरे । हरेक वडा कार्यालयमा मेलमिलाप समिति रहेको बताउँदै उनले सुरुआती समयमा वडामा विवाद मिलाउने प्रयास हुने र वडामा मिल्न नसकेमा महानगरको मेलमिलाप समितिमा आउने बताए ।

महानगरको मेलमिलाप समितिबाट समेत मेलमिलाप हुन नसकेको मुद्दामात्र न्यायिक समितिमा आउने उनको भनाइ छ । न्यायिक समितिले पहिलो पक्ष र दोस्रो पक्षलाई बोलाएर छलफल गरी दुवै पक्षको हित हुने गरी निर्णय गर्ने उनले बताए । न्यायिक समितिबाट समेत समस्या समाधान हुन नसकेको खण्डमा मात्रै अदालत पठाइने अधिकारीले जानकारी दिए ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram