कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पाँच वर्षपछि हुने स्थानीय तहको निर्वाचनका लागि इन्जिनियर प्रविन काफ्लेले थाले तयारी

चितवन, चैत ८–
पाँच वर्षपछि हुने स्थानीय तहको निर्वाचनका लागि इन्जिनियर प्रविन काफ्लेले तयारी थालेका छन् । गएको बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए । विवेकशिल साझा पार्टीबाट उम्मेदवारी दिएका उनले २९८ मत मात्रै प्राएका थिए ।
२०८४ सालमा हुने निर्वाचनमा पनि भरतपुर महानगरको मेयरको लागि उमेदवारी दिने उनले बताएका छन् । चैत १ गतेदेखि सुरु गरेको भरतपुर यात्रालाई त्यसको तयारीका रुपमा पनि बुझ्न सकिने उनी बताउँछन् ।
उनले बैशाख १० गते हुन लागेको उपनिर्वाचन अगाडि नै भरतपुर महानगरलाई सुझाव पत्र पनि पेश गर्दै छन् । त्यसका लागि उनी भरतपुरका २९ वटै वडामा पुगेर जनतासँग भेटेर उनीहरुका सुझाव तथा गुनासो संकलन गर्दै छन् ।
चैत १ गतेदेखि ‘भरतपुर यात्रा’मा निस्किएका काफ्ले सातौँ दिनसम्म २० भन्दा बढी वडामा पुगिसकेको बताउँछन् । यात्राका क्रममा उनलाई जनताले नारायणी लिफ्ट र खगेरी सिंचाईका नहर पुरिँदा कृषकलाई सिंचाईमा समस्या भएको, किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको, बेरोजगारी बढेको लगायतका गुनासो गरेका छन् ।
त्यस्तै, किसानले मल नपाएको, नहर पुरेर प्लटिङ बनाएको, भरतपुर–२९ को चौकीडाँडामा खानेपानीको समस्यालगायतका विषयमा महानगरलाई सुझाव पत्र पेश गर्न लागिएको उनले बताए । ‘जनताका यस्ता समस्या छन् । समाधानका लागि यसरी अघि बढ्दा राम्रो हुन्छ भनेर सुझाव दिने एउटा प्रयास गरेको हो’, उनी भन्छन्, ‘चुनावको तयारी पनि हो । राजनीतिज्ञ हुनको लागि नागरिक तहसम्म पुग्नुपर्छ भन्ने सन्देश दिन पनि यो गरेको हो ।’
ग्रामिण भेगका सामुदायिक विद्यालयको अवस्था कमजोर रहेको र विजुली सहज नभएको उनले बताए । मंगलबार भरतपुर अस्पताल पुगेका उनले बर्खामा अस्तपाल नै डुबानमा पर्ने जोखिम रहेकोले यसतर्फ सरोकारवालाहरु सचेत हुनुपर्ने बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]