Listen Live: 

माडी नगरपालिका–१ स्थित परशुराम कुण्डमा मंगलबारदेखि स्नान सुरु

Radio Chitwan
बुधबार, चैत्र ८, २०७९

चितवन, चैत ७(

माडी नगरपालिका–१ स्थित परशुराम कुण्डमा मंगलबारदेखि स्नान सुरु भएको छ ।

विशेषगरी चैते दसैँ एवम् रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवम् पुरातात्विक महत्व बोकेको परशुराम कुण्डमा औंशीदेखि स्नान सुरु भएको हो ।

मंगलबार कुण्डसम्म जाने गोरेटो बाटो तथा कुण्ड सरसफाइ गरिएको गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंङ गुरुङले जानकारी दिए । कुण्डसम्म जान खोला एवम् चारकोसे झाँडी पार गर्नुपर्ने भएकाले श्रद्धालु भक्तजनलाई सहजरुपमा जान आउन मिल्नेगरी झाडी सरसफाई एवम् गारेटो मर्मत गरिएको उनले बताए । सरसफाइमा स्थानीयबासी, वडा सञ्जाल, टोलविकास, समूह एवम् युवा क्लबले सहयोग गरेका छन् ।

विगत दुई वर्षदेखि कोभिडको प्रभावका कारण कुण्डसम्म आउजाउमा रोक लगाइएका कारण गोरेटो बाटो समेत भत्किएको थियो । झाडी र पहिरोले पुरिएको स्थान एवम् कुण्ड सरसफाइ गरिएको गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले बताए ।

गोद्धकमा यही चैत १३ गतेदेखि १७ गतेसम्म भव्य गोद्धक राम चरित्रकथा यज्ञ हँुदै छ । प्रखरवाचक व्यासआचार्य गुरु चैतन्यकृष्णको मुखारबिन्दबाट संगीतमय राम कथा वाचन हुने यज्ञ सम्पादन समितिका संयोजक भरत तिमिल्सिनाले जानकारी दिए । यज्ञसँगै गोद्धक मेलामा विभिन्न स्टलसहित खेलकुदका पिङहरु, हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता हुने संस्थाका सचिव गंगा भुसालले जानकारी दिए ।

प्राचिन किम्बदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष ९पाप पखाल्न० गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड परशुराम कुण्ड मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । ठूलो धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा चैत रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ । परशुराम कुण्ड बस्तीदेखि करिब ४ किलोमिटर जंगलभित्र चितवन राष्ट्रिय निकुञ्जमा पर्छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram