चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
प्रथम बागमती प्रदेशस्तरीय कराँते प्रशिक्षक प्रशिक्षण चितवनमा सुरु

चितवन, चैत ७(
प्रथम बागमती प्रदेशस्तरीय कराँते प्रशिक्षक प्रशिक्षण चितवनमा सुरु भएको छ ।
१३ जिल्लाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम बागमती प्रदेश सरकारको समन्वय र नेपाल कराँते महासंघ तथा चितवन जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा आजबाट भरतपुरमा सुरु भएको हो ।
प्रशिक्षणको उद्घाटन गर्देबागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुदलाई संस्थागत गर्न जरुरी रहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताएकी छन् । मन्त्री मोक्तानले खेलकुदका विज्ञहरुसँग छलफल गर्दै खेल क्षेत्रलाई व्यवस्थित बनाएर लैजाने बताइन् ।
खेल क्षेत्रमा आफ्ना गुरुलाई सधैँ सम्मान गरिने भए पनि अन्य क्षेत्रमा त्यस्तो नहुने गरेको उल्लेख गर्दै मन्त्री मोक्तानले खेलकुदको क्षेत्रबाट सबैले सिक्नुपर्ने बताइन् । बागमती प्रदेशभित्र सूचीकृत भएको खेललाई संस्थागत विकास गर्नका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । समाज परिवर्तन गर्न तथा समाजका विकृति अन्त्य गर्नका लागि खेलाडीहरु अगाडि बढ्नुपर्ने मन्त्री मोक्तानले बताइन् ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा सुमनले समाजको सामाजिक न्याय, समृद्ध समाज निर्माणका साथै समाजलाई अनुशासन बनाउनका लागि खेलकुद आवश्यक रहेको बताए । विद्यालय तहमा स्टाफ नर्स कार्यक्रम लागू गरिएजस्तै खेलाडी प्रशिक्षकको व्यवस्था पनि हुनुपर्ने उनको भनाइ छ । कराँतेका प्रशिक्षकहरुले प्रशिक्षण लिएपश्चात समाजमा गएर रचनात्मक तरिकाले प्रशिक्षण दिनुपर्ने उनले बताए ।
कराँते प्रशिक्षक प्रशिक्षण उद्घाटनका क्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव एवम् नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले कराँते खेलाडीहरुलाई समाजले हेर्ने नजर परिवर्तन हुनेगरी खेलाडीहरु अघि बढ्नुपर्ने बताए । समाजमा कराँतेका खेलाडीहरुलाई देख्ने बित्तिकै गुण्डा तथा डनको दृष्टिले हेर्ने गरिएको भन्दै लामाले यस्तो दृष्टिकोण परिवर्तन गराउन खेलाडीहरुले सामाजिक न्यायका लागि काम गर्नुपर्नेमा जोड दिए । खेलाडीहरुले आत्मरक्षासँगै समाजमा हुने हिंसा, अन्याय, भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै अघि बढ्नुपर्ने लामाको भनाइ छ ।
बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीले बागमती प्रदेश सरकारले कानुनमा उल्लेख गरेर प्रदेशभित्र खेलिने खेलमध्ये कराँतेसहितका नौ वटा खेललाई विशेष महत्व दिएको बताए । कराँतेको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा समेत खेलाडीहरुले पदक जित्न सक्ने भन्दै लामो समयको प्रशिक्षण र लगाबका कारण खेलाडीहरुले उत्कृष्ट स्थान हासिल गर्नसक्ने भण्डारीले बताए । भण्डारीले प्रशिक्षक प्रशिक्षण राखिनुको मुख्य उद्देश्य प्रदेशका प्रत्येक विद्यालयमा कराँतेका एक जना गुरु हुनुपर्छ भन्ने रहेको बताए ।
स्थानीय आयोजकको रुपमा रहेको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १३ वटै जिल्लाबाट सहभागी रहेको जानकारी दिए । जिल्लाका विद्यालयमा कराँतेको प्रशिक्षण गराउँदै आएका तथा ब्ल्याक बेल्ट प्राप्त २५० भन्दा बढी गुरुहरु तालिममा सहभागी रहेको गुरुङको भनाइ छ । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई एक हप्तासम्म आवासीय रुपमा राखेर कराँतेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरु प्रदान गरिने गुरुङले जानकारी दिए ।
बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले गरेका थिए ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]