लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताए
चितवन,चैत ७(
सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन्। मंगलबार धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कटेलले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका हुन्।
उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको बताएका छन्। उनले भने, आज जुन उचाइमा क्रिकेट पुगेको छ। यो अवस्था हेर्दा रंगशाला आवश्यक हो कि होइन्। यहि आवश्यकतालाई हेरेर मैले यो बनाउने प्रयास गरे, के यो गर्नु गल्ति हो रु यदि यो बनेको भए। रुखमा झुन्डी झुन्डी खेल हेर्न पर्ने अवस्था आउँदैन थियो होला। मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिगेको हुँ।
उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूहरुले नछाडेको पनि बताए। बनाउन नसकेर छाडेको तर अरु कसैलाई नदिएको उनले प्रस्ट पारे। पछिल्लो समय निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादित बन्दै आइरहेको छ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]