Listen Live: 

बुढीगण्डकी जलविद्युत आयोजनाका लागि छुट्याइएको रकम नारायणी नदी व्यवस्थापन र सुनकोशी मरिन डाइभर्सनका लागि रकमान्तर

Radio Chitwan
मङ्लबार, चैत्र ७, २०७९

चितवन,चैत ७(

सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि छुट्याइएको रकम नारायणी नदी व्यवस्थापन र सुनकोशी मरिन डाइभर्सनका लागि रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले बुढीगण्डकीको ४० करोड रुपैयाँ नारायणी नदी व्यवस्थापन आयोजना, चितवनको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माण गर्न रकमान्तर गरेको जनाएको छ ।

बुढीगण्डकीकै १ अर्ब बजेट सुनकोशी मरिन डाइभर्सनको सिन्धुली सुरुङ निर्माणको लागि दिएको छ । यो सँगै बुढी गण्डकीको १ अर्ब ४० करोड रुपैयाँ बजेट कटौती भएको छ ।

यस्तै उत्तरदक्षिण राजमार्गको १० करोड रुपैयाँ बजेट पनि कटौती गर्दै मदन भण्डारी राजमार्गलाई रकमान्तर गरेको छ । यस्तै प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नती कार्यक्रम अन्र्तगतको १५ करोड रुपैयाँ कटौती गर्दै सुर्य विनायक धुलिखेल र कोटेश्वर बानेश्वर र त्रिपुरेश्वर सडकको लागि रकमान्तर भएको छ ।

फागुन मसान्तसम्म अर्थमन्त्रालयले १ अर्ब ६५ करोड रुपैयाँ रकमान्तर गरेको अर्थमन्त्रालयले जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram