Listen Live: 

देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक

Radio Chitwan
मङ्लबार, चैत्र ७, २०७९

चितवन चैत ७(

चितवनको देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

बालिकाले आश्रम सञ्चालिका सावित्रीदेवी टण्डनका श्रीमान कृष्णबहादुर टण्डनले आफूमाथि पटकपटक यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाइएकी हुन् । कक्षा ११ मा पढ्ने १४ वर्षीया बालिकाका अनुसार कृष्णबहादुरले यौनजन्य दुर्व्यवहार पटकपटक दोहोर्याएपछि आश्रमबाट भागेर गत फागुन १८ गते साथीको घरमा आश्रय लिएकी थिइन् ।

उनले आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिँदा पनि आश्रम सञ्चालिका टण्डनले नसुनेको आरोप लगाइन् । उल्टै आफूलाई कागज गराइ टण्डनले फागुन १९ मा पारिवारिक पुनर्मिलन भन्दै मकवानपुरस्थित घर पु¥याएको पीडित बालिकाले बताइन् । घर पु¥याए पनि न्याय पाउनुपर्ने भन्दै चितवन फर्केकी उनले भरतपुर महानगरको बाल कल्याण अधिकारीसमक्ष न्याय मागेकी छन् । उनले हिम्मत गरेर फागुन २५ गते भरतपुर महानगरपालिकाका बाल कल्याण अधिकारीसमक्ष निवेदन दिई आफ्नो व्यवस्थापन गरिदिन अनुरोध गरेकी हुन् ।

त्यसपछि पनि दुर्व्यवहार प्रभावित बालिकालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा महानगरकी बाल कल्याण अधिकारी शान्ताकुमारी पौडेलको रोहवरमा यौनजन्य दुर्व्यवहारका आरोपित कृष्णबहादुर र आश्रम सञ्चालिका सावित्रीदेवीसहित राखेर भरतपुर महानगरमा छलफल गराइएको थियो ।

छलफलमा आफूमाथि पटक पटक कृष्णबहादुरले यौनजन्य दुर्व्यवहारसँगै बलात्कार प्रयाससमेत गरेको बालिकाले गुनासो गरिन् । उनले आफूमाथि भएको दुर्व्यवहारबारे सञ्चालक समितिका अन्य सदस्यले पनि विश्वास नगरेको पत्रमा उल्लेख गरेकी छन् ।

पछिल्लो पटक आफ्नो जन्मदिनको दिन गत कात्तिक २५ गते कृष्णबहादुरले आफ्नो कोठामा लगेर बलात्कारको प्रयास गरेको बताउँदै आफूले न्याय पाउनुपर्ने बालिकाको माग छ । उनले गलत छुवाइ गर्ने, अँगालो हाल्ने, चुम्बन गर्ने जस्ता क्रियाकलाप पटकपटक दोहोर्‍याएको बताउँदै पीडकलाई कारबाही हुनुपर्ने अडान लिएकी छन् । उनको अडानपछि चैत ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा भरतपुर महानगरकी बालकल्याण अधिकारी पौडेलले आरोपित झिकाइ अनुसन्धान गर्न अनुरोध गर्दै पत्र लेखेकी छन् ।

आरोपित ५७ वर्षीय कृष्णबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका भरतपुरकै एक अल्पकालीन आश्रयस्थलमा छिन् । बालिका ११ वर्षदेखि उक्त आश्रममा बस्दै आएकी थिइन् । मकवानपुर घर भएकी उनको आमाको मृत्यु भएको र बाबु मानसिक समस्यामा रहेका छन् । जानकी आश्रमकी सञ्चालिका टण्डन भने बालिकालाई आफ्नो श्रीमानले केही नगरेको दाबी गर्छिन् । उनले बलात्कार प्रयास भएको भनिएको मितिपछि पनि पटकपटक आफ्नो श्रीमानसँग बालिकाले टिकटक बनाएको भन्दै झूटो आरोप लगाएको गुनासो गरिन् ।

तर, छोरीहरुले मायाले बुबा भन्ने भएकाले गालामा चुम्बन गर्नु भनेको सामान्य भएको सञ्चालिका टण्डन बताउँछिन् । भरतपुर महानगरको बालगृह सञ्चालन नियमावलीअनुसार एकाघरका परिवारका सदस्य नै बसेर बालगृह सञ्चालन गर्न पाइँदैन । तर, रामजानकी बालिका आश्रममा सञ्चालिका टण्डनसँगै उनका श्रीमान र भाइ पनि बस्दै आएका छन् । टण्डनले आश्रमको गाडी चलाउने र गाई दुहुने काममा श्रीमान कृष्णबहादुरले सहयोग गर्दै आएको बताइन् ।

उनले श्रीमान र भाइलाई अर्कै कोठामा बस्ने व्यवस्था गरेकाले बालिकाहरु उक्त कोठामा जान अनुमति नहुने पनि दाबी गरिन् । १३ वर्षदेखि सञ्चालनमा रहेको आश्रममा पीडितबाहेक ३५ जना बालिका आश्रित छन् ।

आन्य समाचारहरु:-
December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

December 4, 2023
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram