Listen Live: 

देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक

Radio Chitwan
मङ्लबार, चैत्र ७, २०७९

चितवन चैत ७(

चितवनको देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

बालिकाले आश्रम सञ्चालिका सावित्रीदेवी टण्डनका श्रीमान कृष्णबहादुर टण्डनले आफूमाथि पटकपटक यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाइएकी हुन् । कक्षा ११ मा पढ्ने १४ वर्षीया बालिकाका अनुसार कृष्णबहादुरले यौनजन्य दुर्व्यवहार पटकपटक दोहोर्याएपछि आश्रमबाट भागेर गत फागुन १८ गते साथीको घरमा आश्रय लिएकी थिइन् ।

उनले आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिँदा पनि आश्रम सञ्चालिका टण्डनले नसुनेको आरोप लगाइन् । उल्टै आफूलाई कागज गराइ टण्डनले फागुन १९ मा पारिवारिक पुनर्मिलन भन्दै मकवानपुरस्थित घर पु¥याएको पीडित बालिकाले बताइन् । घर पु¥याए पनि न्याय पाउनुपर्ने भन्दै चितवन फर्केकी उनले भरतपुर महानगरको बाल कल्याण अधिकारीसमक्ष न्याय मागेकी छन् । उनले हिम्मत गरेर फागुन २५ गते भरतपुर महानगरपालिकाका बाल कल्याण अधिकारीसमक्ष निवेदन दिई आफ्नो व्यवस्थापन गरिदिन अनुरोध गरेकी हुन् ।

त्यसपछि पनि दुर्व्यवहार प्रभावित बालिकालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा महानगरकी बाल कल्याण अधिकारी शान्ताकुमारी पौडेलको रोहवरमा यौनजन्य दुर्व्यवहारका आरोपित कृष्णबहादुर र आश्रम सञ्चालिका सावित्रीदेवीसहित राखेर भरतपुर महानगरमा छलफल गराइएको थियो ।

छलफलमा आफूमाथि पटक पटक कृष्णबहादुरले यौनजन्य दुर्व्यवहारसँगै बलात्कार प्रयाससमेत गरेको बालिकाले गुनासो गरिन् । उनले आफूमाथि भएको दुर्व्यवहारबारे सञ्चालक समितिका अन्य सदस्यले पनि विश्वास नगरेको पत्रमा उल्लेख गरेकी छन् ।

पछिल्लो पटक आफ्नो जन्मदिनको दिन गत कात्तिक २५ गते कृष्णबहादुरले आफ्नो कोठामा लगेर बलात्कारको प्रयास गरेको बताउँदै आफूले न्याय पाउनुपर्ने बालिकाको माग छ । उनले गलत छुवाइ गर्ने, अँगालो हाल्ने, चुम्बन गर्ने जस्ता क्रियाकलाप पटकपटक दोहोर्‍याएको बताउँदै पीडकलाई कारबाही हुनुपर्ने अडान लिएकी छन् । उनको अडानपछि चैत ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा भरतपुर महानगरकी बालकल्याण अधिकारी पौडेलले आरोपित झिकाइ अनुसन्धान गर्न अनुरोध गर्दै पत्र लेखेकी छन् ।

आरोपित ५७ वर्षीय कृष्णबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका भरतपुरकै एक अल्पकालीन आश्रयस्थलमा छिन् । बालिका ११ वर्षदेखि उक्त आश्रममा बस्दै आएकी थिइन् । मकवानपुर घर भएकी उनको आमाको मृत्यु भएको र बाबु मानसिक समस्यामा रहेका छन् । जानकी आश्रमकी सञ्चालिका टण्डन भने बालिकालाई आफ्नो श्रीमानले केही नगरेको दाबी गर्छिन् । उनले बलात्कार प्रयास भएको भनिएको मितिपछि पनि पटकपटक आफ्नो श्रीमानसँग बालिकाले टिकटक बनाएको भन्दै झूटो आरोप लगाएको गुनासो गरिन् ।

तर, छोरीहरुले मायाले बुबा भन्ने भएकाले गालामा चुम्बन गर्नु भनेको सामान्य भएको सञ्चालिका टण्डन बताउँछिन् । भरतपुर महानगरको बालगृह सञ्चालन नियमावलीअनुसार एकाघरका परिवारका सदस्य नै बसेर बालगृह सञ्चालन गर्न पाइँदैन । तर, रामजानकी बालिका आश्रममा सञ्चालिका टण्डनसँगै उनका श्रीमान र भाइ पनि बस्दै आएका छन् । टण्डनले आश्रमको गाडी चलाउने र गाई दुहुने काममा श्रीमान कृष्णबहादुरले सहयोग गर्दै आएको बताइन् ।

उनले श्रीमान र भाइलाई अर्कै कोठामा बस्ने व्यवस्था गरेकाले बालिकाहरु उक्त कोठामा जान अनुमति नहुने पनि दाबी गरिन् । १३ वर्षदेखि सञ्चालनमा रहेको आश्रममा पीडितबाहेक ३५ जना बालिका आश्रित छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram