Listen Live: 

स्व गिरिजा प्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसरमा भरतपुर अस्पतालमा उपचाररत सुत्केरी महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण

Radio Chitwan
मङ्लबार, चैत्र ७, २०७९

चितवन, चैत ७–

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व।गिरिजा प्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसरमा भरतपुर अस्पतालमा उपचाररत सुत्केरी महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरिएको छ ।

गिरिजा प्रसाद कोईराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलेपमेन्ट चितवनको आयोजनामा प्रसुति गृहमा रहेका ५० जना महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले उनीहरुलाई खानेकुरा वितरण गरेका हुन् । सो अबसरमा बोल्दै उनले नेपालको राजनीतिमा युग पुरुषको रुपमा रहनु भएका कोईरालाको सिद्वान्त कांग्रेस कार्यकर्ताले पछ्याउनुपर्ने बताए ।

संस्थाका सचिव गोपाल दराईले सहजीकरण गरेको कार्यक्रम फाउन्डेसनका अध्यक्ष कमल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram