Listen Live: 

भरतपुर–७ मा रहेको प्रेमबस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर

Radio Chitwan
मङ्लबार, चैत्र ७, २०७९

चितवन,चैत ६(

भरतपुर–७ मा रहेको प्रेमबस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाले आयोजना गरेको शिविरमा प्रेमबस्ती दुग्ध उत्पादक सहकारीले सहकार्य गरेको थियो ।

शिविरमा ४१० वटा पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये १६५ वटा गाई, २३ वटा भैसी, १२ वटा कुकुर, २१० वटा बाख्राको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा शत्रुघन शाह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव शाह, सपना यादवको टोलीले पशुहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
डा। शत्रुघन शाहले किसानहरुलाई गोठ सुधार्न र सरसफाइमा ध्यान दिन सुझाइएको बताउनुभयो । शिविरमा छाला संक्रमण भएका पशुहरु परीक्षणका लागि धेरै आएका थिए । केही पशुहरुमा आँखामा समेत संक्रमण देखिएको थियो । बाँझोपन भएका गाईभैँसी पनि उपचारका लागि किसानहरुले ल्याएका थिए ।

कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन पनि लगाइएको थियो । परालमा मात्रै नभई घाँस खेती गरेर घाँसमा आधरित पशुपालन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार परालमात्रै खुवाएर हुर्काइएका पशुहरुमा पौष्टिक आहार कमी भएको पाइएको थियो । अल्ट्रासाउण्ड ९भिडियो एक्सरे० समेत गरेर गर्भावस्था भएका पशुहरुको परीक्षण गरिएको थियो । हर्निया भएका पशुहरुलाई सर्जरीका लागि सिफारिस गरिएको थियो ।

कार्यक्रममा प्रेमबस्ती दुग्ध उत्पादक सहकारीका अध्यक्ष केशव पण्डित, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, व्यवसायिक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे लगायतको सहभागिता रहेको थियो । वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले पशुपंक्षी तथा कृषि क्षेत्रका लागि बजेट दोब्बर गरिने बताउनुभयो । कृषक समाजका केन्द्रीय अध्यक्ष न्यूरेले किसानले पाउने गरी दूधको मूल्य वृद्धि भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले दूध उत्पादन लागत घटाउन सरकारी कार्यक्रमहरु आउनुपर्ने बताउनुभयो ।

प्रेमबस्ती दुग्ध सहकारीमा १५१ जना आबद्ध छन् । दैनिक २०० लिटर बढी दूध बेच्ने ३ वटा फर्महरु छन् । सहकारीकै नमूना फर्ममा दैनिक ७०० बढी लिटर दूध उत्पादन हुनेगर्छ । प्रेमबस्ती दुग्ध सहकारीले ५०० गाई, ५०० भैँसी पाल्ने लक्ष्य सहित अन्तर्राष्ट्रिय स्तरको डेरी सहकारी चलाउने लक्ष्य लिएको छ ।

आन्य समाचारहरु:-
April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram