Listen Live: 

चितवनमा जारी चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनीमा ग्राहकवर्गहरुको दिनप्रति भिड बढ्दै

Radio Chitwan
सोमवार, चैत्र ६, २०७९

चितवन। चितवनमा जारी चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनीमा ग्राहकवर्गहरुको दिनप्रति भिड बढ्दै गएको छ । सस्तो आरामदायी र टिकाउ भएका कारण स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइ बढेको हो । फागुन १७ गतेदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्र जारी प्रथम चितवन नेपाली जुत्ता/चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड लाग्ने क्रम जारी रहेको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए । विभिन्न खालका अफरले पनि यहाँ दैनिक जुत्ता चप्पल खिन्नेको भिड लाग्ने गरेको छ ।

मेलामा बि एफ डियरहिलर बिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनले ग्राहकवर्गहरुको चाहानालाई मध्य नजर गर्दै आफुहरुले हरेक दिन नयाँ नयाँ अफर नै अफर चलाएको दावी पनि गरेका छन् ।

‘धेरै ब्राण्डका जुत्ता चप्पलहरू एउटै छानामुनि राखेर उपभोक्तालाई आफ्नो रोजाइअनुसार सहज रूपमा खरिद गर्न सक्ने अवस्थाको सिर्जना गरेका छौँ विएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले भने, प्रचलित बजार भाउभन्दा कम मूल्यमा उपभोक्ताले रोजेर कुनै पनि ब्राण्डका जुत्ता चप्पल खरिद गर्न सक्नेछन्।’

चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेको संख्या दिनप्रतिदिन ओराई लागेको छ । नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने परेको भरतपुर २३ देखि आएका दिपक नेपालीले बताए । आफू रोचेको र खाजेको जुत्ता छानीछानी छुटमा लिन पाउदाँ निकै खुसी लागेको उनको भनाई छ ।

सामान्य दिनमा दैनिक ५ लाख रूपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब एक लाख भन्दा बढी ग्राहक आइसकेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताए।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram