Listen Live: 

चितवनको माडीका किसानहरु चैते धानप्रति आकर्षित

Radio Chitwan
सोमवार, चैत्र ६, २०७९

चितवन, चैत ६–

चितवनको माडीका किसानहरु चैते धानप्रति आकर्षित भएका छन् ।किसानको आकर्षण बढेसँगै चैते धान लगाउने क्षेत्रफल बिस्तार भएको हो ।माडी नगरपालिका कृषि तथा पशु शाखाका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल बिस्तार भएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा दुई हजार बिघा क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । यस वर्ष बढेर दुई हजार ५०० बिघा पुगेको हो ।

असारे धान भन्दा चैते धानको उत्पादन राम्रो भएकोले किसानहरु यस तर्फ आकर्षित भइरहेको पालिकाका कृषि तथा पशु शाखा अधिकृत किरण पौडेलले बताए । उनले भने, ‘असारमा सामुहिक रुपमा नै धान खेती हुन्छ । यस समय रासायनिक मलको चरम अभाव किसानले भोग्नुपर्छ । धानमा रोग र किराको संक्रमण पनि बढी छ । तर चैते धानमा यस्तो छैन । रोग कम छ । चैते धानको लागि प्रर्याप्त रासायनिक मल किसानले सजिलै पाइरहेका छन् । जसले उत्पादन राम्रो देखिएको छ । त्यसकारण चैते धानप्रति किसानको आकर्षण बढी रहेको छ ।’
किसानको उत्साहलाई ध्यानदिँदै पालिकाले सिचाइँलाई प्राथमिक्तामा राखेको पौडेलले बताए । उनले भने, ‘माडीको लगभग ५५ सय बिघा क्षेत्रफलमा धानखेती हुन्छ । असारमा यसको ९० प्रतिशत खेती योग्य जमिनमा धान खेती हुन्छ । बाँकीमा तरकारी खेती लगाइन्छ । चैतमा अहिले करिब ५० प्रतिशत क्षेत्रफलमा धानखेती हुन थालेको छ । यस समयमा पानीको समस्या हुनेहुदा सिँचाइ प्राथमिकतामा छ ।’
पौडेलले ४०० वटा बोरिङ राख्ने काम गरिरहेको जानकारी दिए । साथै संघीय सरकार र प्रदेश सरकारबाट गरी २० वटा डिप बोरिङको काम पनि हुने क्रममा रहेको बताए । पालिकाले बिउ उत्पादनलाई पनि प्राथमिकतामा राखेको पौडेलले बताए । उनले भने, ‘२३ बिघा जमिनमा तोरीको बिउ उत्पादन पालिकाले गरिसकेको छ । यस्तै गहुँ, मकै, धानको बिउ उत्पादन गर्ने काम भइरहेको छ ।’ बिउ उत्पादनमा नगरपालिका नमुना पालिका बन्ने विश्वास उनले व्यक्त गरे ।

उत्पादन र आम्दानी असारे धानभन्दा धेरै भएपछि किसानहरुको आकर्षण बढ्न थालेको हो । तर, धान भित्र्याउँने समय बर्षायाम भएकोले भने किसानलाई समस्यामा पार्ने गरेको छ । माडी नगरपालिका–१ बरुवाकी किसान लक्ष्मी कँडेलले उत्पादन राम्रो भएकोले नै चैते धान खेतीमा आकर्षित भएको बताइन् । गर्दी महिला साना किसान कृषि सहकारी संस्थाको ७३ जना मिलेर ४० हेक्टरमा चैते धान खेती गरेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘माडीमा चैते धान लगाउन थालिएको धेरै भएको छैन । यस वर्ष ह्वात्तै बढेको हो । उत्पादन र आम्दानी असारे धानमा भन्दा बढी देखिएपछि संस्थागतरुपमा यस खेतीमा लागियो ।’ मल र सिँचाइमा समस्या नभए पनि बर्षा याममा धान भित्र्याउँन पर्ने हुनाले समस्या देखिने गरेको किसानको गुनासो छ ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram