Listen Live: 

चितवनका दुई क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतगणना सुरु हुँदै

Radio Chitwan
आइतवार, चैत्र ५, २०७९

चितवन, चैत ५(

चितवनका दुई क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतगणना सकिएको छ ।

रत्ननगरको सहिद स्मृति क्याम्पसमा ७८१ र माडी क्याम्पसमा २२८ मत खसेको छ । मतगणना सकिएपछि अब केही समयपछि मतगणनाको कार्य सुरु गर्ने दुवै क्याम्पसको निर्वाचन समितिले जनाएका छन् ।

चितवनमा त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी १७ वटा क्याम्पस रहेकामा दुई वटामा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । माडीमा आठ वटा विद्यार्थी संगठनहरुको गठबन्धन विरुद्ध एमाले निकटको अनेरास्ववियु एक्लै चुनाव लडेको छ भने सहिद स्मृतिमा एमाले, माओवादी र समाजवादी निकटका विद्यार्थी संगठनबीच तालमेल भएको छ ।

अन्य क्याम्पसहरुमा अनिश्चित कालका लागि चुनाव स्थगित गरिएको छ । निर्वाचन गराउन सहज वातावरण नभएको भन्दै निर्वाचन अधिकृतहरुले निर्वाचन स्थगित गरेका हुन् । विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर अवरोध गरेपछि चुनाव स्थगित भएका हो ।

निर्वाचन स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकले अर्कोलाई दोषारोपण गरेका छन् । कतिपय क्याम्पसले मनोमानी ढंगबाट निर्वाचन प्रक्रिया अघि बढाएकाले समस्या भएको एमाले निकटको अनेरास्ववियु चितवका सह–संयोजक हरी आचार्यले बताए ।

नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेश भुसालले केही दिन तलमाथि भएपनि चुनाव हुनुपर्ने बताउँछन् । उनका अनुसार जिल्लाका तीन वटा आंगिक क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि चुनाव हुन सकेन । अन्य क्याम्पसमा पनि सहमति हुन नसक्दा चुनाव हुन नसकेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा १५ क्याम्पसमा आज चुनाव हुन नसकेको बताए । ‘सुरक्षा व्यवस्था राम्रो भए पनि राजनीतिक सहमति हुन नसक्दा जिल्लाको दुई वटा क्याम्पसमा मात्रै मतदान भएको छ’, उनले भने ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 18, 2024
पिठुवा खानेपानीकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ विजयी 

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।छैठाैं बार्षिक साधारण सभा तथा तेस्राे अधिवेशन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई […]

February 18, 2024
बाघमारा वनमा विषादी न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं ७ स्थित बाघमारा सामुदायिक वन उपभाेक्ता समुहका उपभाेक्ताहरुलाई विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएकाे छ । वनका उपभाेक्ता किसानलाई प्राङ्गारिक मलकाे प्रयाेगमा प्रेरित गर्दै विषादी न्यूनीकरणकाे […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram