कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा तोकियो दूधको मूल्य

भरतपुर । नेपाल साना डेरी व्यवसायी संघ भरतपुर चितवनले गाईको दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९५ बनाएका छन् । संघको शनिबार भरतपुरमा भएको छलफलले दूधको उपभोक्ता मूल्य तोकेको हो । भैँसीको दूधको उपभोक्ता मूल्य प्रतिलिटर १२० रूपैयाँ निर्धारण भएको संघका अध्यक्ष रामचन्द्र सेढाईले जानकारी दिए ।
उनले भने, ‘चितवनमा मिक्स दूध प्रतिलिटर एक सय रूपैयाँ बनाइएको छ, गाईको ९५ र भैँसीको दूधका मूल्य १२० निर्धारण गरियो, आज आइतबारबाट उपभोक्ता मूल्य कार्यान्वयनमा गएको छ ।’
किसानले प्रतिलिटर ६५ रूपैयाँ पाउँदै गर्दा अब उपभोक्ता मूल्य ९५ पुगेको छ । दुग्ध सहकारी र व्यवसायीबीच नै दूधको उपभोक्ता मूल्य २५ रूपैयाँ फरक परेको छ । अध्यक्ष सेढाईंले भने, ‘चितवनका साना डेरी व्यवसायीले दुग्ध सहकारी संघबाट दूध खरिद गरी उपभोक्तालाई बेच्ने हो, सहकारीबाट दूध खरिद गर्दा व्यवसायीलाई महँगो परेको छ ।’
उनले खरिदअनुसार नै उपभोक्तासमक्ष दूध पुर्याउने बताए । उनले भने, ‘दुग्ध सहकारीहरुले व्यवसायीलाई दूध बेच्दा एक लिटर दूधको ८५ देखि ९० रूपैयाँ लिएका छन्, व्यवसायीले उपभोक्तालाई ९५ रूपैयाँमा बेचेका छन् ।’ उनले न्यूनतम नाफा राखेर दूध बेच्दा पनि खरिद नै महँगो परेको हुनाले उपभोक्तालाई महँगो परेको बताए ।
साना डेरी व्यवसायीहरुले दहीको मूल्य प्रतिलिटर १३०, पनिर प्रतिकिलो ९५०, घिउ बट्टा प्रतिकिलो १४ सय ५०, नौनी प्रतिकिलो १२ सय, फ्रेस क्रिम प्रतिकिलो ९००, टेबल बटर प्रतिकिलो १३ सय, खुवा प्रतिकिलो १४ सय रूपैयाँ निर्धारण गरेका छन् ।
नेपाल साना डेरी व्यवसायी संघ भरतपुरका सचिव चन्द्रप्रकाश अधिकारीले किसान र उपभोक्ताबीच गाईको दूधको मूल्यमा २५ र भैँसीको दूधको मूल्यमा धेरै नै मूल्य फरक परेको बताए । उनका अनुसार सहकारीले नै किसानको दूध लिँदा सस्तोमा लिने, तर व्यवसायीलाई महँगोमा बेच्ने गरेका छन् । सरकारले दूधको मूल्य ९ रूपैयाँ बढाउँदा उपभोक्तालाई १५ रूपैयाँभन्दा बढी मूल्य पर्न जानुको प्रमुख कारण नै सहकारीको दूध महँगो भएको उनी बताउँछन् ।
उनले भने, ‘अन्नपूर्ण दुग्ध सहकारी र गंगानगर दुग्ध सहकारीले गाईको दूध प्रतिलिटर ९० रूपैयाँ बनाएका छन्, प्रतिलिटर ९५ रूपैयाँमा उपभोक्तालाई व्यवसायीले बेच्छन्, सहकारीले सस्तोमा दूध व्यवसायीलाई बिक्री गरे उपभोक्तालाई पनि दूध सस्तो हुने साना डेरी व्यवसायीहरुले जनाएका छन् । उनले कतिपय सहकारीले किसानबाट सस्तोमा दूध उठाउने र व्यवसायीलाई महँगो पार्ने गरेको आरोप लगाए । उनले भने, ‘एक लिटर दूध खरिद गर्दा किसानलाई प्रतिलिटर ६५ रुपैया दिने सहकारीले व्यवसायीलाई बेच्दा ९० रूपैयाँ लिन्छन्, यहाँ बेइमानी व्यवसायीको भयो कि सहकारीको रु’
साना डेरी व्यवसायीहरुले साइकल र मोटरसाइकलमा घरघरमा बेच्दै हिँड्नेहरुले राज्यलाई कर नतिरेको बताए ।
छलफलमा साना डेरी व्यवसायीहरुले घरघरमा डुलेर दूध बेच्दै हिँड्नेहरुलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
सरकारले किसानको दूधमा प्रतिलिटर ९ रूपैयाँ बढाउँदा निजी ठूला डेरी उद्योगले उपभोक्ता मूल्यमा १४ रूपैयाँ बढाएका छन् । निजी डेरीहरुले एक लिटर दूधको मूल्य अब एक सय रूपैयाँ कायम गरेका छन् ।
आधा लिटरको पोका दूधको उपभोक्ता मूल्य ५० रूपैयाँ बनाइएको छ । यसअघि निजी डेरीहरुले एक लिटर दूधलाई ८६ र आधा लिटर दूधलाई ४५ रूपैयाँ कायम गरेका थिए । दुग्ध विकास संस्थानले एक लिटर दूधको मूल्य ९७ रूपैयाँ कायम गरेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]