Listen Live: 

चितवनमा स्ववियु निर्वाचन : कतै तयारी कतै अन्योल

Radio Chitwan
आइतवार, चैत्र ५, २०७९

चितवन। त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ । विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

विवादपछि कतिपय क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यार्थी सङ्गठनले लगाएको ताला खुलाउने विषयमा सङ्गठन र क्याम्पस प्रशासनबीच सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि अधिकांश कलेजमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु भए पछि रोकिएको छ ।

जिल्लामा तीन आङ्गिक कलेज र १७ सामुदायिक कलेजमा स्ववियु निर्वाचन हुनुपर्ने हो । तर, आइतबार हुनुपर्ने निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी सङ्गठन स्थानीय प्रशासन र कलेज प्रशासनलाई दबाब दिइरहेका छन् । अहिलेसम्म जिल्लाका १५ भन्दा बढी क्याम्पसको ताला खुल्न नसकेको विद्यार्थी सङ्गठनले जनाएका छन् । ती क्याम्पसमा निर्वाचन अनिश्चित छ । माडी क्याम्पस माडी, उमावढी शेरचन कलेज दिव्यनगर, प्रेमबस्ती कलेज प्रेमबस्ती, सहिद स्मृति कलेज टाँडी, सहिद स्मार कलेज शारदानगर, अरुणोदय कलेज गीतानगरमा निर्वाचनको तयारी छ ।

नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन अनिश्चित बन्नु सामान्य कुरा नरहेको बताउनुभयो । क्याम्पस प्रशासन र निर्वाचन समितिको कमजोरीका कारण निर्वाचन प्रक्रियाअन्तर्गत दल दर्ता भएपछि निर्वाचन रोक्नु भनेको त्रुटि भएको उहाँले बताउनुभयो । सङ्घ निर्वाचनको पक्षमा रहेको भन्दै उहाँले क्याम्पस निर्वाचन गर्न तयार नभएको बताउनुभयो । नेविसङ्घका कारण कतै अवरोध नभएको उहाँको दाबी छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनका अध्यक्ष प्रकाश कालाखेतीले स्ववियु निर्वाचन तत्काल हुनुपर्ने माग गर्नुभयो । निर्वाचनको मुखमा आएर छाएको अन्यौलताले आफूहरुलाई सशङ्कित बनाएको उहाँको भनाइ थियो । निर्वाचन अधिकृत र क्याम्पस प्रशासन निर्वाचनबाट भाग्न खोजेको उहाँको आरोप छ । भुवानी शङ्कर कलेज खैरहनीमा निर्वाचनको प्रक्रिया नै सुरु हुन नसकेको र अन्य कलेजहरुमा प्रक्रिया सुरु भएर स्थगित भएको उहाँले जानकारी दिनुभयो ।

अनेरास्ववियु क्रान्तिकारीका जिल्ला इन्चार्ज अविनाश रम्तेलले धेरै जसो कलेजमा निर्वाचन नहुने देखिएको बताउनुभयो । विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच सहमति जुट्न नसक्दा निर्वाचनको माहोल बन्न नसकेको उहाँले बताउनुभयो । आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसक्ने स्थिति रहेको उहाँको भनाइ छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram