कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ को आय–व्यय सार्वजनिक

चितवन । भरतपुर–४ स्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा संचालित वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् गुरुकुलमको सुसंचालन र सर्वाङ्गीण विकासका लागि अक्षयकोष स्थापनार्थ गत माघ २१ देखि फागुन ६ गतेसम्म संचालित १५ दिने लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ को आय–व्यय आज सार्वजनिक भएको छ। गुरुकुल परिसरमा आज एक भेला गरी आय व्यय विवरण प्रस्तुत गरिएको हो।
महायज्ञमा नगद र बोलकबोल गरी जम्मा ३ करोड ३३ लाख ५४ हजार ६८६ रुपैयाँ संकलन भएको र ४१ लाख ९५ हजार ४२१ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।
महायज्ञमा खर्च कटाएर २ करोड ९१ लाख ५९ हजार २६५ रुपैयाँ बचत भएको महायज्ञ सम्पादन मूल समितिका कोषाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए । महायज्ञको शेष रकमलाई अक्षयकोषमा राखी त्यसको ब्याजले गुरुकुल संचालन गरिने गुरुकुल संचालक समितिका अध्यक्ष तुलसीराम सापकोटाले बताए ।
भेलामा गुरुकुलका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्य, महायज्ञका सह–संयोजक एवम् बेलायतका लागि नेपाल सरकारका पर्यटन सद्भावना दूत सोम सापकोटा, मन्दिरका संस्थापक भूपतिदास सापकोटा, गुरुकुलका सल्लाहकार कलाधर अर्याल, भरतपुर–४ का निवर्तमान वडा अध्यक्ष हरिप्रसाद आचार्य, गुरुकुलका पूर्व प्राचार्य दामोदर सापकोटा, गुरुकुल संचालक समितिका पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटा, छात्रावास निर्माण उपभोक्ता समितिका संयोजक हीरामणि खराल लगायतको उपस्थिति रहेको थियो।
२०४४ सालमा स्थापना भएको सो गुरुकुलमा हाल कक्षा ६ देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । गुरुकुलमा देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित निःशुल्क शिक्षा लिइरहेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]