Listen Live: 

युथ क्लब नारायणगढको अध्यक्षमा शालिग्राम नेपाल सर्वसम्मत निर्वाचित

Radio Chitwan
आइतवार, चैत्र ५, २०७९

चितवन । युथ क्लब नारायणगढको अध्यक्षमा शालिग्राम नेपाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

सस्थाको सभाहलमा शनिवार भएको ४९ औ साधारणसभा तथा २५ औ अधिवेशनबाट नेपालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सस्थाको उपाध्यक्षमा दयाराम कडेल, महासचिवमा रामचन्द्र आचार्य, कोषाध्यक्षमा अनिता नेपाली, सदस्यमा शान्ती श्रेष्ठ, केशवराज सापकोटा र बाकी रहेको दुई जना कार्यसमिति सदस्य समितिको बैठकले पछि थप गर्ने भएको छ ।

२०३६ साल जेठ २६ गते स्थापना भएको नेपालकै पुरानो सामाजिक सस्थाको रुपमा परिचित छ । सस्थाको अधिवेशनको उदघाटन सत्रमा प्रगती प्रतिवेधन, आर्थिक प्रतिवेधन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष भानुप्रकाश जोशी, देवेन्द्र गुरुङ, केशवप्रसाद रेग्मी, भुवन आचार्य, हेरम्बकुमार असीम, विष्णुप्रसाद सापकोटा , लक्ष्मण बानिया, आजीवन सदस्य इश्वरकुमार श्रेष्ठ, सदस्य तीर्थ नेपाललगायतले मन्तव्य राख्नु भएको थियो ।

अधिवेशनमा पुर्व अध्यक्ष केशवप्रसाद रेग्मीको संयोजकत्वमा हेरम्बकुमार असीम, विष्णुप्रसाद सापकोटा निर्वाचन समिती चयन भएको थियो । वर्तमान कार्य समितिले पद हस्तान्तरण गरेपछि मात्र निर्वाचित नयाकार्यसमितिले पदभार ग्रहण गर्ने व्यबस्था रहेको छ ।

आन्य समाचारहरु:-
April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram