Listen Live: 

रत्ननगर वडा नं १२ का महिलाहरुलाई आधुनिक डिजाइनका गरगहना बनाउने तालिम

Radio Chitwan
आइतवार, चैत्र ५, २०७९

चितवन। चितवनको रत्ननगर वडा नं १२ का महिलाहरुलाई आधुनिक डिजाइनका गरगहना बनाउने तालिम दिइएको छ ।
रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा चेतनशिल आमा समुहले आयोजना गरेको तालिममा चुरा, पोते, बाला, औठी लगायतका गरगहना बनाउन सिकाइएको थियो । आर्थिक अबस्था कमजोर रहेका महिलाहरुको आयआर्जनको लागि तालिम आयोजना गरिएको चेतनशिल आमा समुहकी अध्यक्ष अनिता अर्यालले जानकारी दिइन ।

तालिम शनिबार सकिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुन्दरमणि सुवेदीले सीप सिकेका महिलाहरुले तत्कालै गहना बनाउन सुरु गर्नुपर्ने बताए । महिलाहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरणको लागि वडा कार्यालयले आवश्यक पहलकदमी गर्ने उनको भनाई छ ।

तालिममा सहभागी महिलाहरुलाई वडाध्यक्ष सुवेदी र समुहकी अध्यक्ष अर्यालले प्रमाणपत्र वितरण गरेका थिए । शुशीला अधिकारी प्रशिक्षक रहेको सो तालिममा ३५ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रकला पनेरु,निर्वतमान कार्यपालिका सदस्य निर्मला खड्का,पिस भिजन आमाविका प्राचार्य यमप्रसाद काफ्ले र सहभागीको तर्फबाट रिताकुमारी बास्तोला,शर्मिला धिताल लगायतले मन्तव्य राखेका थिए ।

सचिव लक्ष्मी पाण्डेले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष गोमा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram