कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बिक्रम बाबा मेलाको व्यवस्थापनका सन्दर्भमा माडी र भरतपुरका जनप्रतिनिधीहरुबिच प्रारम्भिक छलफल

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्रमा लाग्ने बिक्रम बाबा मेलाको व्यवस्थापनका सन्दर्भमा माडी र भरतपुरका जनप्रतिनिधीहरुबिच प्रारम्भिक छलफल भएको छ ।
शनिवार माडीको बरुवा बजारमा माडीका नगर उपप्रमुख खेमप्रसाद महतो र माडी(१ का वडाध्यक्ष अमित कुमार लामा तथा भरतपुर महानगरपालिका(२३ का वडाध्यक्ष दिपक दवाडी लगायतबिच मेला व्यवस्थापनबारे छलफल भएको हो ।
छलफलमा मेलाको व्यवस्थापनमा भरतपुर २३ र माडी १ बिच आपसी समन्वय गर्ने, हुलाकी बाटोमा भीड नहुनेगरी मेला लगाउने र माडीबाट मेलामा जाने सवारीहरु राप्ती पुल वारी नै राख्ने व्यवस्थाका लागि निकुञ्ज प्रशासनसंग पहल गर्ने लगायतका सहमती भएका छन् ।
रामनवमी ९चैते दशैं०को अवसरमा लाग्ने विक्रम बाबाको मेला भरतपुर क्षेत्रमा हुने गरेको छ भने बिक्रमबाबाको पुजा भने माडी क्षेत्रमा हुने गरेको छ । १५ दिन सम्म चल्ने सो मेलामा देशैभरबाट दर्शनार्थीको उल्लेख्य सहभागिता रहँदै आएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]