काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
रत्ननगर नगरपालिका शिक्षा शाखाको आयोजनामा कक्षा ८ को परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

चितवन । रत्ननगर नगरपालिका शिक्षा शाखाको आयोजनामा कक्षा ८ को परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
नगरप्रमुख एवं शिक्षा समितिका अध्यक्ष प्रल्हाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले चैत ७ गतेदेखि हुने कक्षा ८ को परीक्षा केन्द्रलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकरप्राचार्यहरुलाई निर्देशन दिए ।
नगरपालिका कानुन उपलब्ध गराउने साझा थलो भएकाले विद्यालयहरु जुन ढोकाबाट सञ्चालन भए पनि एउटै नीति बनाएर पालना गर्न आग्रह गरे । ‘हामी तपाईंहरुका सुक्ष्म कुराहरुमा खेल्दैनौँ’, उनले भने, ‘शिक्षा जीवनकै पहिलो जग भएकाले शिक्षकहरु जिम्मेवार भएर काम गर्नुपर्छ ।’
नगरशिक्षा अधिकारी बद्रिनारायण शर्माले विभिन्न समिति र उपसमितिमा रहनुहुने शिक्षकले दिएको रायसुझावका आधारमा रत्ननगरको शिक्षा नीति बनाइने र आगामी शैक्षिक क्यालेन्डरलाई कुनै पनि बहानाम पन्छाउन नपाइने उल्लेख गर्दै शिक्षकको मर्यादालाई कायम राख्दै व्यवस्थित ढङ्गले विद्यालय सञ्चालन गर्न निर्देशन दिए ।
रत्ननगर नगरपालिकाले यही चैत ७ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्दैछ । यसवर्षदेखि होम सेन्टर नराखीकन परीक्षा सञ्चालन गर्न लागिएको नगरशिक्षा अधिकारी शर्माले जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा १४ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरु, प्रधानाध्यापकहरु, उपप्रमुख यादवप्रसाद पाठक, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, शिक्षा अधिकृत राजेन्द्र बराल, शिक्षा समिति सदस्य नेत्रप्रसाद घिमिरे, न्यायिक समिति सदस्य देवेन्द्र भुजेललगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]