Listen Live: 

चितवनमा १७ वटा क्याम्पस रहेकामा दुई वटामा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन

Radio Chitwan
आइतवार, चैत्र ५, २०७९

चितवन । चितवनमा त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी १७ वटा क्याम्पस रहेकामा दुई वटामा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । माडी बहुमुखी क्याम्पस र टाँडीको सहिद स्मृति क्याम्पसमा आज स्ववियु निर्वाचन अन्तर्गत मतदान भैरहेको हो ।

माडीमा आठ वटा विद्यार्थी संगठनहरुको गठबन्धन विरुद्ध एमाले निकटको अनेरास्ववियु एक्लै चुनाव लड्दै छ । सहिद स्मृतिमा भने एमाले, माओवादी र समाजवादी निकटका विद्यार्थी संगठनबीच तालमेल भएको छ ।

अन्य क्याम्पसहरुमा अनिश्चितकालका लागि चुनाव स्थगित गरिएको छ । निर्वाचन गराउन सहज वातावरण नभएको भन्दै निर्वाचन अधिकृतहरुले निर्वाचन स्थगित गरेका हुन् । विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर अवरोध गरेपछि चुनाव स्थगित भएका हो ।

निर्वाचन स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकले अर्कोलाई दोषारोपण गरेका छन् । कतिपय क्याम्पसले मनोमानी ढंगबाट निर्वाचन प्रक्रिया अघि बढाएकाले समस्या भएको एमाले निकटको अनेरास्ववियु चितवका सह–संयोजक हरी आचार्यले बताए । ‘हामी चुनाव चाहान्छौँ । माडीमा आठ वटा संगठनको गठबन्धन विरुद्ध पनि हामी एक्लै लड्दै छौँ । निश्पक्ष ढंगले निर्वाचन हुनुपर्छ, कसैले सत्ताको दुरुपयोग गर्न हुँदैन भन्ने हाम्रो भनाइ हो’, उनले भने ।

नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेश भुसालले केहि दिन तलमाथि भएपनि चुनाव हुनुपर्ने बताउँछन् । उनका अनुसार जिल्लाका तीन वटा आंगिक क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि चुनाव हुन सकेन । अन्य क्याम्पसमा पनि सहमति हुन नसक्दा चुनाव हुन नसकेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा १५ क्याम्पसमा आज चुनाव हुन नसकेको बताए । ‘सुरक्षा व्यवस्था राम्रो भएपनि राजनीतिक सहमति हुन नसक्दा जिल्लाको दुई वटा क्याम्पसमा मात्रै मतदान हुने भएको छ’, उनले भने ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram