Listen Live: 

सौराहामा रहेको नेपाल र्सिजनशिल बाल संरक्षण केन्द्रको शनिवार १३औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण गरियो

Radio Chitwan
शनिबार, चैत्र ४, २०७९

रत्ननगर । रत्ननगर वडा नं ६ सौराहामा रहेको नेपाल र्सिजनशिल बाल संरक्षण केन्द्रको शनिवार १३औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण गरिएको छ ।

वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार प्रमुख अतिथि रहेको सो कार्यक्रममा सचिव गीता तिवारीले बार्षिक प्रतिवेदन र शोभा पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त दुईवटा प्रतिवेदन साधारण सभाको बन्दसत्रमा सर्बसम्मत पारित भएको छ । साधारण सभासंगै केन्द्रको आर्थिक बर्ष २०७८र७९ को सामाजिक परीक्षण समेत गरिएको छ ।

संस्थाका सल्लाहाकार तथा सामाजिक अगुवा उदयचन्द्र अर्यालले सामाजिक परीक्षण अन्तर्गत संस्थाको उद्देश्य र प्रगति विवरण प्रस्तुत गरेका थिए । सो अबसरमा अर्यालले अभिभावकको संरक्षण नपाएका वालवालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गरेको भन्दै केन्द्रको प्रशंसा समेत गरेका थिए ।

संस्थाकी अध्यक्ष शुशीला भट्टराईले सामाजिक सेवा कार्यको लागि आर्थिक अबस्था कमजोर भएका र अभिभावक गुमाएका बालवालिकाहरुलाई शिक्षा प्रदान गरिरहेको बताइन् । वडा सदस्य सुनारले अभिभावकको संरक्षण नपाएका वालबालिकाहरुलाई शिक्षा दिएर केन्द्रले मानब सेवाको उत्कृष्ट नमुना पेश गरेको बताइन् । सो केन्द्रमा पाँच जना चेपाङ सहित ११ जना वालवालिका आश्रित छन् ।

२०६५ सालमा स्थापना भएको सो संस्थाले अहिले सम्म १५ जना बालबालिकालाई परिवारमा पुनर्मिलन समेत गराएको छ । साधारण सभामा नेपाल बाल कल्याणगृहकी अध्यक्ष गोमा विक, अनाथ बालवालिका तथा बालगृहकी अध्यक्ष राममाया लामा,वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी लगायतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram