Listen Live: 

भरतपुरमा बिद्यालय बाहिर चार सय ७० जना बालबालिका

Radio Chitwan
शनिबार, चैत्र ४, २०७९

चितवन। भरतपुर महानगरपालिकामा चार सय ७० जना बालबालिका बिद्यालय बाहिर रहेको एक तथ्यांकले देखाएको छ । कुनै न कुनै कारणबाट चार सय ७० जना बालबालिका बिद्यालय बाहिर रहेको तथ्यांकले देखाएको हो । जस मध्ये वडागत रुपमा हेर्दा सबै भन्दा बढी वडा न २८ मा ३१ जना र सबै भन्दा कम वडा न १० मा एक जना बालबालिका बिद्यालयको पहुँच भन्दा बाहिर रहेको देखिन्छ । बाकी अन्य वडाहरुमा भने यो सख्या सरदरमा समान देखिन्छ । यो तथ्यांक ४ देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुमा मात्र गरिएको हो ।

आज भरतपुरमा भएको समावेशी शिक्षा परियोजनाको प्रगति तथा भावी कार्यक्रम सम्बन्धि जनप्रतिनिधिहरुसग गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्बजनिक गरिएको हो । कार्यक्रम भरतपुर महानगरको आयोजना तथा कमिटेड सस्थाको ब्यबस्थापनमा भएको हो ।

बेलायत सरकारको सहयोगमा संचालित अपाङगता समावेशी बिकास कार्यक्रम अन्तर्गत संचालित समाबेशी शिक्षा परियोजनाले भरतपुर महानगरपालिकामा गरेको एक अध्ययनका आधारमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेलले शिक्षाको लागी प्रत्येक वडाबाट कुल बजेटको दश प्रतिशत अर्थात २५ लाख रुपैयाँँ छुट्टाइएको जानकारी दिनु भयो । उहाँले केही वडाहरुले अझ बढी झण्डै ३२ लाख सम्म पनि बजेट छुट्टाउने गरेको पाइएको पनि बताउनु भयो ।

समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।

भरतपुर महानगरपालिकामा ८७ वटा स्कुल र कालिका नगरपालिकामा ३५ वटा स्कुलमा परियोजना लागू भएको छ ।

कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको छ ।
शिक्षा सम्बन्धि राष्ट्रिय नीतिहरुको बारेमा ह्यान्डिक्याप इन्टरनेशनलका परियोजना ब्यबस्थापक सुशील बाबु खनालले प्रकाश पार्नु भएको हो । साथै उहाँले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा लागू भएको समाबेशी शिक्षा परियोजनाले हाल सम्म सम्पन्न गरेका विभिन्न क्रियाकलापहरुको बारेमा पनि प्रस्तुतीकरण गर्नु भएको थियोे ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले शिक्षा र स्वास्थ्यमा भएको चरम लापरबाहीको अन्त्य हुन जरुरी रहेको बताउनु भयो । शिक्षा र स्वास्थमा चरम लापरबाही छ, यसको अन्त्य तपाईं हामी बाटै गर्न जरुरी छ रानाले भन्नू भयो । साथै भरतपुर महानगरले अपांगता भएकाहरुलाइ स्वरोजगार बनाउने गरि प्रक्रिया अगाडि बढाइरहेको पनि प्रष्ट पार्नु भयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले परियोजनाले देखाएको बाटोमा हामी सबै लाग्न जरुरी रहेको बताउनु भयो । उहाँले अपांग बालबालिका रहित महानगर निर्माण गर्न आफुले जस्तोसुकै काम गर्न पछि नपर्ने पनि जिकिर गर्नु भयो । उप प्रमुख अधिकारीले महानगर शैक्षिक क्षेत्रमा अगाडि बढिरहेको समेत उल्लेख गर्नु भयो । समावेशी शिक्षालाई व्यापक रुपमा लागू गर्न जनप्रतिनिधिहरुको मुख्य दायित्व रहेको भन्दै उहाँले आजको २१ औ शताब्दीमा शिक्षाको ज्योतिबाट कोहि पनि बन्चित हुन नपाउने तर्फ ध्यान पुर्‍याउन पनि आग्रह गर्नु भयो ।
भरतपुर महानगरपालिकामा २८ हजार बालबालिका सामुदायिक बिद्यालयमा अध्ययनरत छन भने झन्डै दस वटा सामुदायिक बिद्यालयमा समावेशी शिक्षा लागू भएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा लागू भएको समाबेशी शिक्षा परियोजनाको अवस्था,लक्षित बर्ग,भौतिक पहुँचको अवस्था,सुचकहरुको बर्तमान अवस्था र स्कुलहरुमा परियोजनाले पारेको प्रभावको बारेमा पनि व्यापक छलफल भएको छ ।

यस अधि गत भदौ महिनामा समाबेशी शिक्षाका लागी पालिका स्तरीय रणनितिक योजना निर्माण कार्यदल गठन भइसकेको छ । भरतपुर महानगरपालिका वडा न १५ का अध्यक्ष श्रीकृष्ण देबकोटाको सयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन । परियोजनाको अबधि तिन बर्ष जनवरी २०२२ देखि डिसेम्बर २०२४ सम्म रहेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram