Listen Live: 

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा अनुगम

Radio Chitwan
शनिबार, चैत्र ४, २०७९

भरतपुर । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको छ । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको हो ।

चैत १ गते परेको दिवसको अवसरमा तीन दिनसम्म बजार अनुगमन गरिएको थियो । तीन दिनमा २७ वटा पसलमा अनुगमन गरिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । अनुगमन टोलीले भरतपुर बसपार्क र पोखरा बसपार्कका होटल, किराना, मोबाइल र कपडा पसलमा अनुगमन गरेको उनले बताए ।

‘अत्यावश्यक वस्तु पानीमा पनि अत्यधिक मूल्य लिएको भन्ने गुनासो आएकाले बोतलमा पाइने पानीमा हामीले प्राथमिकता दियौँ । बोतलमै २० रूपैयाँ मूल्य तोकिए पनि बजारमा ३० रूपैयाँसम्म लिने गरिएको रहेछ’, उनी भन्छन्, ‘अनुगमनका क्रममा १५ वटा पसलले बढी मूल्य लिएको पायौँ ।’ मोबाइल र कपडाजन्य वस्तुमा उपभोक्ताले देख्न सक्ने गरी मूल्य उल्लेख गर्नुपर्ने भन्दै उनले व्यवसायीले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । मूल्य उल्लेख भएपछि उपभोक्ताहरु ठगिनबाट बच्न सक्ने उनी बताउँछन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रणका प्रमुख घननाथ अधिकारीले यात्रुको बढी चहलपहल हुने ठाउँका पसलमा खानेकुराहरु खुल्लारुपमा राखेको पाइएकाले खानेकुराहरु छोपेर राख्न र रङको प्रयोगमा ध्यान दिन आग्रह गरिएको बताए । ‘साना व्यवसायीलाई पहिलोपटकका लागि सुधारको मौका दिने गरेका छौँ । बारम्बार कमजोरी भयो भने हामीले कानुनअनुसार कारबाही गर्छौं’, उनले भने ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram