लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित
काठमाडौं,चैत ३(
रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे । उनले ३० हजार ३२८ मतभारसहित निर्वाचित हुँदा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दोस्रो मतभारसहित पराजित भएकी छन् ।
यादवले प्रदेशतर्फको ३२९ मत र संघतर्फको १८४ मत पाएका छन् । एमाले उमेदवार शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फको १०४ मत पाएकी छन् । उनले पाएको कुल मतभार १६ हजार ३२८ हुन्छ । यस्तै जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झाले संघतर्फको २३ र प्रदेशतर्फको १५ मतसहित कुल दुईहजार ५३७ मतभार पाएकी छन् ।
प्रमिला कुमारीले भने प्रदेशतर्फको एक मत पाएकी छन् । उनले सार्वजनिक विज्ञप्तीमार्फत् आफ्नो उमेदवारी फिर्ता लिएपनि कानुनी रुपमा उनको नाम भने कायम थियो ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]