Listen Live: 

चितवनको भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

Radio Chitwan
शुक्रबार, चैत्र ३, २०७९

चितवन,चैत ३(

चितवनको भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले शुक्रबार प्रेस विज्ञप्ती जारी गरेर अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ ।

स्ववियु निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार पूर्व प्रकाशित कार्यतालिका बमोजिम चैत ५ गते हुने भनिएको निर्वाचन सम्पन्न गर्न सम्भव नदेखिएकाले तत्कालका लागि स्थगित गरिएको निर्वाचन अधिकृत टीकाराम रिजालले जानकारी दिनुभयो । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि निर्वाचन स्थगित गरिएको क्याम्पसले जनाएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा बिहिबार विद्यार्थी संगठनले कलेजमा ताला लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आन्य समाचारहरु:-
April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram