Listen Live: 

त्रिशूली नदी प्रदूषणले र्‍याफ्टिङ व्यवसाय धराशायी

Radio Chitwan
शुक्रबार, चैत्र ३, २०७९

चितवन। दुई दशक अगाडिसम्म त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न पालो पाउन मुस्किल हुने समय थियो । सशस्त्र द्वन्द्वपछि बिस्तारै ओरालो लागेको यस क्षेत्रको आकर्षक सामान्य उत्साह भन्दा बाहेक राम्रो सुधार हुन सकेन ।

र्‍याफ्टिङको लागि प्रख्यात नदीहरूमा हुने प्रदूषण, नेपालमा विदेशीको पर्यटकको संख्यामा कमी आएसँगै यस क्षेत्रमा आबद्ध भएका पर्यटन व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । २०६२÷०६३ को जनआन्दोलनपछि आएको परिवर्तनले स्थानीय स्रोत साधनको अधिकार स्थानीय सरकारलाई दिएपछि नदीको दोहन अझ वृद्धि भएर गएपछि र्‍याफ्टिङ क्षेत्रले झन् समस्या झेल्दै आएको छ ।

त्रिशूली नदीमा र्‍याफ्टिङ पेसामा ४० वर्षदेखि आबद्ध हुनु भएका कमल ठकुरीले भन्नुभयो ‘ अहिले यो पेसा छाडौँ कि सम्हालौँ भएको छ ।’ ठकुरीले भन्नुभयो ‘म यस क्षेत्रमा लागेको समयमा आकर्षण तीव्र थियो, नदी कञ्चन थिए, विदेशी पर्यटकले खचाखच हुने गरेको थियो अहिले त्यो अवस्था छैन ।’

कोरोनापछि विदेशी पर्यटकको संख्या न्यून छ । स्थानीय तहले अधिकार पाएपछि कमाउने प्रमुख स्रोतको रूपमा नदीको बालुवा गिटी मानेपछि त्यसको कारण नदी प्रदूषण हुन पुगेको छ । यसले गर्दा र्‍याफ्टिङ गर्न आउने पर्यटकहरू कमी भएका छन् । पानी नै धमिलो हुने, झुक्किएर पानी पिउँदा बिरामी पर्ने, नदीमा पाइने माछालगायतको प्राणी लोप भएर जाने भएपछि र्‍याफ्टिङ पेसाबाट पलायन हुने संख्या बढेको उहाँले बताउनुभयो ।

र्‍याफ्टिङका लागि नेपालमा नदीहरूमा प्रमुख त्रिशूली, भोटेकोसी, कालिगण्डकी, सेती, सुनकोसी लगायतको नदी प्रख्यात छ । ती सबै नदी प्रदूषणको मारमा परेको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी नाराका अध्यक्ष शिव अधिकारीले बताउनुभयो । साहसिक खेलहरू मध्य सबैभन्दा धेरै रुचाइएको र्‍याफ्टिङ गर्नका लागि विदेशीहरू नेपाल आउने गरेका थिए । प्रकृतिसँग रमाउँदै दिनभरि र्‍याफ्टिङ गर्ने, नदी किनारमा पकाएर खाने, शान्त वातावरण बस्ने विदेशीको हुने गरेकाले यस क्षेत्र आकर्षित थियो ।

तर अहिले नदी प्रदूषण हुने, विदेशी पर्यटकलाई नेपाल सुरक्षित छ घुम्न जानु पर्छ भनेर ल्याउने वातावरण नबनाउँदा र्‍याफ्टिङ क्षेत्रबाट उठ्ने राजश्व समेत राज्यले गुमाउँदै गएको अध्यक्ष अधिकारीले बताउनुभयो । दुई दशक अगाडि मात्र एक सय १३० वटा संस्था र्‍याफ्टिङ क्षेत्र सँग सम्बन्धित रहेका थिए । अहिले त्यो घटेर ७५ वटामा सीमित भएको नाराले जानकारी दिएको छ । यस क्षेत्रमा लागेका गाइड तथा प्राविधिकहरू रोजगारीको लागि विदेश पलाएन भएका छन् ।

साहसिक र्‍याफ्टिङ गतिविधिहरूको लागि राज्यले १६ नदीहरू छुट्टाइएको छ । ती नदी किनारमा पर्यटन व्यवसायीले रिपोर्ट होटेलको लागि लाखौँ लगानी गर्यो तर राज्यले जहाँ मन लाग्यो त्यही जलविद्युत बाँधको लाइसेन्स दिएपछि र्‍याफ्टिङ पर्यटन क्षेत्रलाई असर पर्न गयो नाराका अध्यक्ष अधिकारीले भन्नुभयो । स्थानीय निकायलाई सबै शक्ति दिएको कारण पनि अहिले नदी प्रदूषण, वातावरण विनाश, नदी कटानसहित वर्षौँदेखिको पर्यटन व्यवसाय धराशायी हुन पुगेको उहाँले बताउनुभयो ।

र्‍याफ्टिङ एजेन्सी नाडाले विदेशी पर्यटक नेपाल भित्राउनको लागि अमेरिका, युरोपका देशहरू, अस्ट्रेलिया, जापानलगायतमा गैर आवासीय नेपाली सङ्घ मार्फत व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै गरी किनारसम्म पुग्ने सडक, शौचालय, लाइफ गार्ड आदि न्यूनतम आवश्यकता पुर्याउन सकेमा पनि पर्यटकको संख्या वृद्धि हुने नाराको भनाइ रहेको छ । र्‍याफ्टिङका लागि ८० मिटरदेखि १२ सय मिटरसम्मको उचाइमा राम्रो मानिन्छ  । नेपालमा निर्माण भइराखेका हाइड्रो ड्याम १२ सय मिटरमाथि गर्नु गरेमा यस क्षेत्रको विकास हुने नाराका अध्यक्ष अधिकारीले बताउनुभयो ।

नदी जन्य पर्यटन गतिविधिलाई जोड दिएमा विदेशी पर्यटक भित्राउन सकिने सम्भावना प्रशस्त रहेको चितवन पर्यटन विकास समितिका पूर्व महासचिव विश्व सुवेदीले बताउनुभयो । विगतमा भएजस्तै गरी र्‍याफ्टिङमा आकर्षण वृद्धि गर्न सकेमा राज्यलाई राजश्व र आर्थिक गतिविधि वृद्धि हुने उहाँको भनाइ छ । प्राकृतिक स्रोतको संरक्षण सँगै वातावरणलाई असर नपर्ने प्रकारले प्रयोग गर्नु पर्छ भन्नेमा पालिका संवेदनशील भएको चितवनको इच्छा कामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

‘विगतमा सिधै त्रिशूली नदीमा फोहोर फाल्ने गरिएकोमा त्यो कार्यलाई रोकेका छौ’ उहाँले भन्नुभयो ‘फोहोर फाल्ने निश्चित स्थान तोकेका छौ उहाँले भन्नुभयो नदीको प्राकृतिक सुन्दरतालाई फर्काउने प्रयासमा छौ कति सफल भइन्छ ।’ जल पर्यटनको विषयमा गम्भीर भएर लागेको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बताउनुभयो । नारायणी नदीको संरक्षणका लागि यहाँ मात्र काम गरेर हुँदैन यसको मुहान र बगेर आउने विभिन्न स्थानमा हुने विनाश र प्रदूषणलाई रोक्नु जरुरी छ ।

नाराका अनुसार यस क्षेत्रमा दश अर्ब लगानी भएको छ । त्रिशूली नदी किनारमा मात्रै सुविधा सम्पन्न ५० वटा होटेल तथा रिसोर्टहरु सञ्चालनमा रहेका छन् । भोटेकोसी र अन्य नदीहरूमा पनि होटेल तथा रिपोर्ट दर्जनौँ सञ्चालनमा रहेको नाराले जानकारी दिएको खबर आजको गोरखापत्रमा छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram