Listen Live: 

सस्तो आरामदायी र टिकाउ भएका स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा

Radio Chitwan
शुक्रबार, चैत्र ३, २०७९

चितवन, चैत ३–

चितवनमा जारी प्रथम नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निश्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९” को समिक्षा कार्यक्रम यस्तो निश्कर्ष निकालिएको हो ।

स्वदेशी उत्पादन र स्वदेशी उघोगको प्रवर्द्धनमा आयोजित मेलाका कारण सस्तो आरामदायी र टिकाउ भएका स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा परेको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न चितवन प्रशासन सधै अग्रसर हुने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । यस्तै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले चितवने बजारमा कर छल्ली गरेको र अण्डर लिगि गरेको समान बिक्रि गर्न नपाउदा व्यवसायीहरु अत्तालिएको बताए ।

मेलामा औषतमा दैनिक ५ हजार जनाका दरले हालसम्म करिब ७५ हजार जनाले प्रदर्शनीको अवलोकन गरेको र अवलोकनकर्ता मध्ये औषतमा ७० प्रतिशत अवलोकनकर्ताहरुबाट ३० हजार जोर जुत्ता, चप्पलको कारोबार भएको फुटवेयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए ।

‘पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्यो’, नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘हामी ग्राहकमैत्री बनेको प्रमाणित भयो ।’ यही फागुन १७ गतेदेखि प्रदर्शनी केन्द्रमा जारी प्रथम नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीडले आफुहरु थप उत्साहित बनेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आम उपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने अभियानमा चितवन सफल देखिएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले बताए । मेलामा बि एफ डियरहिलरबिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् । चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेको संख्या दिनप्रतिदिन ओराई लागेको छ ।

नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने ग्राहकले बताए। नेपालमा सबै वर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ताचप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाइ छ।

आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने र स्टक क्लियरिङ गर्ने उद्देश्यले मेलामा सहभागी भएको विएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले ग्राहकहरूले समर, स्कुल, स्पोर्टस् जुत्ता रुचाएको बताए। उनले प्रवर्द्धन मेलामा आएका व्यवसायी तथा अवलोकनकर्ताहरु मध्ये १०० जनाले प्रदर्शनीमा रहेका नेपाली जुत्ता÷चप्पलका चितवन, मकवानपुर, नवलपुर, धादिङ र गोरखा, तनहुँ जिल्लामा समेत डिलरसिप लिनका लागि आशय व्यक्त गरेको बताए ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको कार्यक्रममा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीको १५ दिने कार्यप्रगति प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रममा प्रवर्धन मेलामा ११ वटा नेपाली उत्पादनको एक हजार भन्दाबढी ब्राण्डका जुत्ता,चप्पलहरु बिक्री भईरहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

उनले कुल बिक्री मध्ये फागुन महिनामा लगभग ६५ प्रतिशत पार्टी सुजको कारोबार भएको र चैत्र लागेपछि स्पोर्टस् जुत्ताको कारोबार बढ्न थालेको समेत बताए । त्यस्तै नेपाल फुटवेयर एशोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले प्रवर्धन मेलाले प्रति स्टल औषतमा ७ जना र सरसफाई तथा सुरक्षा सहित ८५ जनालाई १ महिनाको लागि प्रत्यक्ष रोजगार प्रदान गरेको, प्रयोग पश्चात् मात्र जुत्ता÷चप्पलहरुको गुणस्तर पहिचान हुने भएकोले नेपाली उत्पादनको गुणस्तरका बारेमा पृष्ठपोषण लिनका लागि १०० जना उपभोक्ताहरुको नमूना सर्वेक्षण गरी उत्पादनको परिस्कृत गरिने समेत बताए ।

आन्य समाचारहरु:-
April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram