कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
शहीद स्मृति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थी नेताहरु राजेन्द्र सापकोटा र मनिष सुवेदी बीच प्रतिस्पर्धा हुँदै

रत्ननगर । रत्ननगर स्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थी नेताहरु राजेन्द्र सापकोटा र मनिष सुवेदी बीच प्रतिस्पर्धा हुँदैछ ।
सापकोटा अखिल सयुक्त प्यानलबाट र सुवेदी नेपाल विद्यार्थी संघबाट चुनावी मैदानमा छन् । सो क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सहित पाँच दलका विद्यार्थी संगठन बीच चुवानी सहकार्य गरिएको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भने एकल प्रतिस्पर्धामा रहेको छ ।
अखिल संयुक्तबाट नेकपा एमाले निकट अनेरास्ववियु,माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,राप्रापा निकट विद्यार्थी राप्राबि संघ, एकीकृत समाजबादी निकट अनेरास्ववियु र विप्लव माओवादी निकट विद्यार्थी संगठनबीच चुनावी तालमेल गरी अखिल सयुक्त प्यानल चुनावी मैदानमा रहेको छ ।
अखिल सयुक्त प्यानलबाट अध्यक्षमा सापकोटा सहित सचिवमा मोनिका सिलवाल र कोषाध्यक्षमा पानस तामाङ, प्रत्यक्ष तर्फ सदस्य अनिता भण्डारी, चिरञ्जवि ढुंगाना, नितिन बस्नेत, विमला चौधरी, विष्णु प्रसाद बगाले, सविना श्रेष्ठ र सुरक्षा गुरुङ चुवानी मैदानमा छन् ।
अखिल सयुक्तबाट समानुपातिक तर्फ सदस्य पदका लागि सन्र्दभ खनाल, समिर अधिकारी, नविन खड्का, रोशन शर्मा कँडेल, सन्ध्या लामिछाने, विपना लम्साल, पुनम रेग्मी, अनिता थापा र सन्देश भण्डारी चुवानी मैदानमा छन् । नेपाल विद्यार्थीसंगबाट अध्यक्षमा सुवेदी सहित सचिवमा अमिरबाबु खनाल,कोषाध्यक्षमा प्रमिला बुढाथोकी र प्रत्यक्ष तर्फ सदस्यहरुमा अफ्सरा विक, अभिषेक खनाल, निशा शर्मा, प्रकृति चौधरी, रोहित चौधरी, सफल रिजाल, सुलभ सुवेदी चुनावी मैदानमा छन् ।
नेविसंघबाट समानुपातिक तर्फ सदस्य पदका लागि शिव लामिछाने, प्रकृति रिजाल, महेश्वर लोहनी, आयुष गौली, रोहित गुप्ता, सुदिप थापा, सरोज शर्मा, सन्तोष पौडेल र प्रमिला नेपाल चुनावी मैदानमा छन् । निर्वाचनबाट पदाधिकारी सहित १९ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियनको क्याम्पस कमिटी निर्वाचित हुने छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचनबाट निर्वाचित हुने र दुई पदाधिकारी पद उपाध्यक्ष र सहसचिव समानुमातिकबाट निर्वाचित सदस्यबाट मनोनित गर्ने व्यवस्था रहेको छ । सो क्याम्पसमा १ हजार २२४ जना विद्यार्थीले पदाधिकार प्रयोग गर्ने छन् । १४ बर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई सफल बनाउन विद्यार्थी नेताहरु सक्रिय भएर लागेका छन् ।
दुबै पक्षबाट विभिन्न पदमा उम्मेदवारी दिएका विद्यार्थी नेताहरु अहिले भोट माग्न विद्यार्थीहरुको घरदैलो गरिरहेका छन् । शहीद स्मृतिमा यस अघि दुई कार्यकाल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन जितेको थियो । पाँच विद्यार्थी संगठनको अखिल सयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार सापकोटा चुनाव जित्नेमा ढुक्क छन् ।
हामी जितको नजिक छौं सापकोटाले भने यो विश्वास मलाई मतदाता विद्यार्थीहरुले दिलाएका छन् । नेपाल विद्यार्थी संघबाट अध्यक्षका उम्मेदवार सुवेदीले पनि चुनाव जित्नेमा आफु ढुक्क रहेको बताएका छन् । मलाई अधिकाँस विद्यार्थीको साथ छ उनले भने भोट माग्न विद्यार्थीको माझमा पुग्दा उनीहरुले देखाएको सदभावले उत्साहित छु ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]