सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
किसानले प्रयोग गर्ने रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग

चितवन, चैत २(
नेकपा एमाले चितवनले सरकारले गरेको किसानले प्रयोग गर्ने रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग गरेको छ ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले आज एक विज्ञप्ति प्रेषित गर्दै सरकारले गरेको निर्णय फिर्ता लिएर किसानलाई थप अनुदान दिन माग गरेको हो ।
विज्ञप्तिमा गत फागुन २४ गते मन्त्रिपरिषद्को निर्णयले किसानलाई दिँदै आएको ७०।८२ प्रतिशत अनुदान ५९।४ प्रतिशतमा झारेर ११।८ प्रतिशतले कटौती हुदा सर्वसाधारण किसान मारमा परेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ यो मुलुकमा ९० प्रतिशत भन्दा बढी जनता कृषिमा आधारित छन् । कृषि प्रधान मुलुकको सरकारले किसानको ढाँड भाँचिने गरी गरेको निर्णय बिडम्बनापूर्ण छ । यो जनविरोधी सरकार जनताका कुनै पनि समस्यामा संवेदनशिल छैन । यो त जनतालाई लुटेर देशलाई नै कमजोर बनाउने, आफ्ना मालिकको सेवामा तल्लिन हुने र जनताको जीवनलाई अस्तव्यस्त बनाउने अभियानमा क्रियाशिल रहेको छ ।’ विज्ञप्तिमा एमाले सर्वहारा किसान वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकोले किसान मजदूर वर्गको समस्या पार्टीले आफ्नो समस्याको रुपमा लिँदै आएको उल्लेख गरिएको छ ।
एमालेले अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिएर थप अनुदान दिन माग गरेको छ । अनुदान घटाउँदा बढ्ने रासयनिक मलको मूल्यले उत्पादन घटन् गई खाद्य सुरक्षामा गम्भिर असर पर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]