Listen Live: 

भरतपुर अस्पतालमा मासिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुको माग

Radio Chitwan
बिहिबार, चैत्र २, २०७९

चितवन, चैत २(

भरतपुर अस्पतालले मासिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुको माग गरेको छ ।

सूचना प्रकाशन गर्दै अस्पतालले मासिक ज्यालादारीमा काम गर्नेगरी १२ जना मेडिकल अफिसर आठौं तह माग गरेको हो।
एक जना अर्थोपेडिक सर्जन, १ जना जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्टसहित १२ जना डाक्टर माग गरिएको अस्पतालले जनाएको छ । मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उपाधि प्राप्त गरेका र विशेषज्ञ चिकित्सकको हकमा एमबीबीएसका अतिरिक्त सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने भनिएको छ ।

चिकित्सकहरुले भने भरतपुर अस्पतालले जुनियर चिकित्सकलाई पेल्ने गरी सूचना निकाल्ने गरेको भन्दै अस्पताल प्रशासनको विरोध गरेका छन् । उनीहरुले एमडी गरेका चिकित्सकका लागि नवौं तहमा आवेदन खुलाउनुपर्नेमा मेडिकल अफिसर सरह बनाएर श्रम शोषण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

अस्पतालका मेडिकल सुपरिटण्डेन्ट डा। कृष्णप्रसाद पौडेलले मन्त्रालयले नयाँ दरबन्दी स्वीकृत नगरेको अवस्थामा अस्पतालमा बिरामीको उच्च चाप थेग्न अस्थायीरुपमा कर्मचारी राख्न लागिएको बताए । सरकारले स्वास्थ्य बिमाको सेवा लिन प्रथम बिन्दुको रुपमा सरकारी अस्पताललाई मात्र तोकेपछि अस्पतालमा बिरामीको चाप बढेको छ ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram