Listen Live: 

एक्सपर्ट एडमिसन डे’मा उल्लेखीय विद्यार्थी सहभागि

Radio Chitwan
बुधबार, चैत्र १, २०७९

चितवन, चैत १–

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले आज ९बुधबार० ‘एक्सपर्ट एडमिसन डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

एक्सपर्टको आफ्नै भवन भरतपुर–१० ९होटेल रोयल सेन्चुरी०को पछाडी भएको एक दिने ‘एक्सपर्ट एडमिसन डे’ विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरु कार्यक्रममा सहभागि भएका थिए । उनीहरुले पाँच देशका ४७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा परामर्श लिन पाएका थिए ।

यस एडमिसन डेमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी तथा अभिभावकले त्यहाँको शिक्षा प्रणाली र आवश्यक योग्यताको बारेमा परामर्श लिन पाएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘विद्यार्थी तथा अभिभावकहरुले आफैले कलेजका प्रतिनिधिहरुसंग सबै खाले जिज्ञासा राख्न पाएका छन्, यसले उनीहरुमा थप हौसला मिल्नुको साथै ख्याल गर्नुपर्ने कुराहरुमा सजग बनाएको छ’–निर्देशक अधिकारीले भने ।

सहभागिहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको थियो । उनीहरुलाई पावर व्याङक, टिसर्टलगायतका उपहार प्रदान गरिएको थियो । नेपालमा पछिल्लो समय अष्ट्रेलियासंगै क्यानडा, युके, न्यूजिल्याण्ड र अमेरिका अध्ययन गर्न जाने क्रम बढ्दो छ ।

कार्यक्रम विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको थियो ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram