कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि दाबी विरोधको कार्यक्रम सकिए

भरतपुर । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि दाबी विरोधको कार्यक्रम सकिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले वडा कार्यालयबाट मृत्यु भएका मतदाताको विवरण माग गरेको थियो । दाबी विरोधमा नयाँ थपिएका मतदाताको जाँचबुझ र मृत्यु भएका मतदाताको विवरण निर्वाचन कार्यालयले आज बुधबार बेलुका निर्वाचन आयोगमा पठाउँदैछ ।
करिब २०० जनाको नाम मतदाता नामावलीबाट काटिन सक्ने निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्की बताउँछन् । ‘नयाँ थपिएका मतदाताको जाँचबुझ र मृत्यु भएका मतदाताको नाम हटाएर मतदाताको नामावली बुधबार आयोगमा पठाउँछौँ । मतदाताको अन्तिम नामावली आयोगले नै सार्वजनिक गर्नेछ’, उनले भने, ‘करिब २०० जना मतदाताको नाम काटिन्छ होला ।’
चितवन क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । गत मंसिरमा भएको निर्वाचनमा चितवन–२ मा एक लाख २४ हजार २१५ मतदाता थिए । त्यसयता ६३१ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
गत निर्वाचनमा चितवन–२ मा ६७ प्रतिशतमात्रै मतदान भएको थियो । अहिले एक लाख २४ हजार ८४६ जनाको नाम मतदाता नामावलीमा रहेकामा नयाँ थपिएकाको जाँचबुझ र मृत्यु भएकाको नाम हटाउँदा करिब २०० जनाको नाम काटिने अनुमान गरिएको छ । निर्वाचन आयोगले चैत १५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
निर्वाचन कार्यालयले चैत १८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्कीले जानकारी दिए । चैत २० गते उमेदवारी दर्ता, चैत २१ गते उमेदवारी फिर्ता र दाबी विरोध तथा चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यसअघि स्थापना भएको भवनमै मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने सम्भावना छ । ‘हामीले उपनिर्वाचनको प्रारम्भिक तयारी गरिसकेका छौँ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सम्भवतः पहिलाकै ठाउँमा खुल्छ, त्यो निर्वाचन क्षेत्रमा पनि पर्छ’, उनले भने, ‘उपनिर्वाचनमा सुरक्षा व्यवस्थाका लागि त्यसको विश्लेषण गरी आवश्यकताअनुसार बाहिरी जिल्लाबाट पनि सुरक्षाकर्मी मगाउन सक्छौँ ।’
उपनिर्वाचनका लागि दलहरुले पनि तयारी थालेका छन् । सम्भावित उमेदवारको खोजी र चुनाव प्रचारको तयारीलाई दलले अगाडि बढाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ को रामनगरमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
सोमबार चितवन आएका रास्वपाका सभापति रवि लामिछानेले यसपटक फरक किसिमले चुनावी प्रचार गर्ने सोच बनाएको बताएका थिए । मंसिरमा भएको निर्वाचनबाट चितवन–२ मा निर्वाचित लामिछाने नागरिकता मुद्दामा दोषी देखिएर उनको सांसद् पद नै खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।
रास्वपाबाट चितवन–२ को उपनिर्वाचनमा फेरि पनि उनैले उमेदवारी दिँदैछन् । नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेता तिलचन्द्र भट्टराई र कालिका नगरपालिकाका पूर्वमेयर गोपी श्रेष्ठको नाम चर्चामा छ । नेपाली कांग्रेसबाट जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ र मंसिर ४ को चुनावमा पराजित उमेश श्रेष्ठको चर्चा छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]