Listen Live: 

विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी

Radio Chitwan
बुधबार, चैत्र १, २०७९

चितवन, चैत १–

भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ ।

महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने उनीहरुलाई कारबाहीको प्रक्रिया सुरु गरिएको हो । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरले यस वर्ष दुईवटा निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गरी सकेको छ ।

ती कम्पनी कारबाहीमा समेत परिसकेका छन् । अन्य १४ वटालाई कारबाहीका लागि महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको उनले बताए । उनले भने, “कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ । कारबाहीका लागि सिफारिसको प्रक्रियासमेत सुरु भइसकेको छ ।” समयमा काम सम्पन्न नगर्ने उनीहरुलाई चाँडै नै कारबाहीका लागि सिफारिस गर्न आवश्यक प्रक्रिया भइरहेको उनले बताए ।

महानगरको सिफारिसपछि कारबाही गरिएकामा अनुष्ठा कन्ट्रक्सन प्रालि काठमाडौँ र जनकन्ट्रक्सन भरतपुर १९ रहेको उनले जानकारी दिए । सिफारिस गरिएका ती दुई कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कारबाही गरेको हो । कारबाहीको सिफारिस गरिएकालाई कामको प्रकृति हेरि एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने गरेको उनले जानकारी दिए । जन कन्ट्रक्सनले बोलपत्र पाए पनि सम्झौता गर्न नआएकाले कारबाही गरिएको हो भने अनुष्ठानले तोकिएको समयमा दुई वटा काम नगरेकाले कारबाहीमा परेको हो । कालोसूचीमा परेका निर्माण व्यवसायीले राखिएको सूचीअनुसार एकदेखि तीन वर्षसम्म देशभर विकास निर्माणको काममा ठेक्का सम्झौता गर्न नपाउने, बाँकी रहेको कामको समेत चलन चल्तिको मूल्यमा असुलउपर गराउने उनले जानकारी दिए । असुलउपरका लागि तहशिल कार्यालयले सरकारी सम्पत्तिसरह गर्ने गरेको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता गरी काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताए । दुई चरणमा गरी अहिले सिफारिस गर्न लागिएको बताउँदै उनले अन्यको विषयमा समेत छलफल भइरहेको बताए । समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र काममा ढिला गर्नेलाई दण्ड जरिवानाको पद्धति बसाल्न महानगरले आफ्नो काम सुरु गरेको उनको भनाइ छ । उनले भने, “समयमा काम नगर्नेलाई कारबाही र समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्ने गरी हामी लागेका छौँ ।” निर्माण व्यवसायी कम्पनीलाई कुनै पनि बाहनामा कामममा ढिलासुस्ती गर्न छुट नभएको उनी बताउँछन् ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram