रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनले गरे तोडफोड
चितवन, चैत १–
भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया जारी रहेका बेला सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेका हुन् ।
क्याम्पसको टेबल, कुर्ची लगायत महत्वपूर्ण कागजपत्रमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला मंगलबार सुरक्षाकर्मी लगाएर खोलेको थियो ।
क्याम्पसका कर्मचारीले मतदाता विद्यार्थीहरुको विवरण आफु निकटका विद्यार्थी संगठनलाई उपलब्ध गराएपछि तोडफोडको घटना भएको माओवादी केन्द्र निकटको अखिल ९क्रान्तिकारी०का सप्तगण्डकी सचिव विकास ढकालले बताए । ‘मतदाताको अन्तिम नामावली प्रकाशन भएकै छैन । निर्वाचन प्रक्रिया अघि बढेको छैन । नियमविपरित विद्यार्थीको व्यक्तिगत डाटा बाहिर दिएपछि हामी जवाफ माग्न गएका थियौँ । त्यसक्रममा विद्यार्थीको जमात तोडफोडमा उत्रिएको हो’, उनले भने ।
माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी, विप्लव निकटको अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, नेविसंघ, नेकपा एकिकृत समाजबादी निकट अनेरास्ववियू समाजवादी लगायतका विद्यार्थी संगठनले हिजो एक विज्ञप्ति जारी गरी प्लस टुका विद्यार्थीलाई पनि निर्वाचनमा सहभागी गराउन अनुरोध गरेका थिए ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]