Listen Live: 

रत्ननगर २ हाईस्कूलरोडमा रहेको मणिरत्न एण्ड सन्स सुनचाँदी पसले स्थापनाको ६१ औँ वार्षिक उत्सव

Radio Chitwan
मङ्लबार, फाल्गुन ३०, २०७९

रत्ननगर । रत्ननगर २ हाईस्कूलरोडमा रहेको मणिरत्न एण्ड सन्स सुनचाँदी पसले स्थापनाको ६१ औँ वार्षिक उत्सव मंगलबार मनाएको छ ।

स्थापनाको ६१ बर्ष पुरा गर्दा उसले सुनचादी पसललाई स्तरोन्नती गरी उद्योगको रुपमा विकास गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटा, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ शंकर गिरी र वडा नं. २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले संयुक्त रुपमा बार्षिकोत्सवको उद्घाटन गरेका थिए ।

पूर्वी चितवनको सबैभन्दा पुरानो, विश्वाशिलो सो सुनचाँदी पसलले निरन्तर ६१ वर्षदेखि निरन्तर आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आईरहेको छ । पसल स्तरोन्नती संगै लगानी थप गरि मणिरत्न कम्प्लेक्स बाट सेवा सुरु गरेको पूर्वीचितवन सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका सो पसलका सञ्चालक शमशेर घामल्लेले जानकारी दिए ।

सुनचादी पसललाई आधुनिकता तर्फ उन्मुख गराउदै सुनचादी सहित हिराको गहन समेत विक्री सुरु गरेको सञ्चालक घामल्लेको भनाई छ । वि. स. २०१८ सालमा स्थापना भएको पसलले ग्राहकहरुलाई आकर्षक सुनचाँदी, हिराका गरगहनाहरु सुपथ मूल्यमा विक्रीवितरण गर्दै आईरहेको उनले जानकारी दिए ।

आन्य समाचारहरु:-
September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram